logo

चैत्र १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने

    1552   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्न यही नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा हुने उक्त मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहनेछ । मेलामा भारत, चीन, बङ्गलादेश, पास्तिानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता हुने महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १० र बङ्गलादेशका ४० वटा स्टल रहनेछन् ।

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहनेछन् । मेलाकै क्रममा अन्तराष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासङ्घले जनाएको छ । चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग बृहत् अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिने छ । वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गर्ने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने र मेला अयोजनाकै अवधिमा नेपालमा लगानी सम्मेलनसमेत आयोजना गरिएकाले व्यापार मेलाको महत्व अझ वृद्धि हुने बताइएको छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यावसयिक सम्बन्ध विस्तारलाई महत्वपूर्ण कडीका रुपमा हेरिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे समेत छलफल गरिने उनले बताइन ।

वर्षेनि आयोजना हुने यसप्रकारका मेलाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न र नेपाली उत्पादनको अन्तराष्ट्रिय बजारीकरण गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने महासङ्घले विश्वास लिएको छ । मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको महासङ्घले जनाएको छ । स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेला यही चैत १८ गतेसम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।