logo

चैत्र १४ देखि १८ गतेसम्म भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने

    1408   पटक पढिएको

१२ चैत्र /अर्थ र व्यापार - चैत १४ गतेदेखि स्थानीय भृकुटीमण्डपमा नेपाल अन्तराष्ट्रिय व्यापार मेला हुने भएको छ । नेपाली उत्पादनको अन्तराष्ट्रिय बजार प्रवद्र्धन गर्न यही नेपाल उद्योग वाणिज्य महासङ्घको आयोजना, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग तथा व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रवद्र्धन, ललितपुर उद्योग वाणिज्य महासङ्घ र नेपाल हस्तकला महासङ्घको सहआयोजनामा हुने उक्त मेलामा २२५ बिक्री तथा प्रदर्शनी कक्षमार्फत स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ ।

मेलामा हस्तकला, पर्यटन, सूचना प्रविधि एवं व्यावसायिक सूचना, कृषि उत्पादन, ऊर्जा, भवन तथा निर्माण, शिक्षालगायत विधागत क्षेत्रका छुट्टाछुट्टै स्टल रहनेछ । मेलामा भारत, चीन, बङ्गलादेश, पास्तिानलगायत मुलुकका उद्यमी व्यवसायीको सहभागिता हुने महासङ्घद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । मेलामा ८५ बढी स्वदेशी तथा चीनका ९०, भारतका १० र बङ्गलादेशका ४० वटा स्टल रहनेछन् ।

मेलाको मुख्य आकर्षणमा हस्तकलाका उत्पादन, नेपाल व्यापार एकीकृत रणनीति, २०१६ मा समेटिएका अदुवा, चिया, पस्मिनालगायत नेपाली उत्पादन रहनेछन् । मेलाकै क्रममा अन्तराष्ट्रिय खरिदकर्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्य रहेको महासङ्घले जनाएको छ । चैत १५ गते चीनबाट आएको व्यावसायिक प्रतिनिधिमण्डलसँग बृहत् अन्तरक्रिया, व्यवसायिक वार्ता तथा संयुक्त लगानीका लागि सहमतिपत्रमा हस्ताक्षरसमेत गरिने छ । वैदेशिक लगानी भित्र्याउन सरकारले आयोजना गर्ने लगानी सम्मेलनका क्रममा नेपालमा आएका विदेशी उच्च प्रतिनिधिमण्डलले मेलाको अवलोकन गर्ने र मेला अयोजनाकै अवधिमा नेपालमा लगानी सम्मेलनसमेत आयोजना गरिएकाले व्यापार मेलाको महत्व अझ वृद्धि हुने बताइएको छ ।

मेलालाई नेपालमा लगानी आकर्षण तथा अन्तराष्ट्रिय व्यावसयिक सम्बन्ध विस्तारलाई महत्वपूर्ण कडीका रुपमा हेरिएको महासङ्घका अध्यक्ष भवानी राणाले बताइन । विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रवद्र्धन तथा लगानीबारे समेत छलफल गरिने उनले बताइन ।

वर्षेनि आयोजना हुने यसप्रकारका मेलाबाट नेपालमा अन्तराष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्न र नेपाली उत्पादनको अन्तराष्ट्रिय बजारीकरण गरी मुलुकको अर्थतन्त्रलाई माथि उठाउन सघाउ पुग्ने महासङ्घले विश्वास लिएको छ । मेलाको सम्पूर्ण तयारी सम्पन्न भएको महासङ्घले जनाएको छ । स्वदेशी र विदेशी गरी करीब एक लाखले मेला अवलोकन गर्ने अनुमान गरिएको छ । मेला यही चैत १८ गतेसम्म चल्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।