logo

प्राधिकरणका ‘डेडिकेटेड’ ग्राहकले किस्ताबन्दीमा बक्यौता महसुल तिर्न पाउने

    1062   पटक पढिएको

१८ कात्तिक/अर्थ र व्यापार 
नेपाल विद्युत् प्राधिकरणले ‘डेडिकेटेड’ र ट्रंक लाइन सुविधा लिएका ग्राहकले प्रिमियमसहितको छुट महसुल किस्ताबन्दीमा तिर्नसक्ने व्यवस्था गरेको छ । शनिबार बसेको सञ्चालक समिति वैठकले डेडिकेटेड लाइन सुविधा लिएका सबै ग्राहकको बाँकी महसुल उठाउने निर्णय गरेको थियो ।
झण्डै ११ अर्ब रुपैयाँ एकैपटक तिर्न ग्राहकलाई मुस्किल पर्ने देखिएपछि छुट महसुुल किस्ताबन्दीमा तिर्न सकिने गरी प्राधिकरणले अर्को निर्णय गरेको हो । प्राधिरकरणका सञ्चालक समितिका एक सदस्यका अनुसार ग्राहकलाई अप्ठेरो नपरोस् भने छुट महसुल तिर्न किस्तावन्दीको सुविधा दिइएको हो ।
‘अब जति महिनाको छुट महसुल बाँकी छ, त्यति नै महिना लगाएर किस्तामा महसुल तिर्न सकिन्छ,’ उनले भने, ‘यसले उद्योगलाई सहज हुन्छ र प्राधिरकणले पनि बक्यौता महसुल प्राप्त गर्छ ।’
उदाहरणका लागि १२ महिनाको डेडिकेटेड तथा ट्रंक लाइनको छुट महसुल तिर्न बाँकी ग्राहकले अब १२ वटा किस्तामा भुक्तानी गर्न सक्नेछन् । यो विशेष किस्तावन्दीको सुविधा पाउने ग्राहकले ढिलाइ हुँदा तिर्नुपर्ने जरिवानाबापतको रकम पनि तिर्नुनपर्ने गरी विनियमावलीहरू संशोधन गरिएको छ ।
‘कसैलाई अप्ठेरोमा पर्ने हाम्रो उद्देश्य छैन, त्यसैले डेडिकेटेड र ट्रंकलाइनको महसुल घटाएर औद्योगिकको साधारण दरभन्दा १५ प्रतिशत बढी मात्रै लिने गरी प्रस्ताव गरेका छौं, यसअघि साधारण दरभन्दा ६५ प्रतिशतसम्म बढी दरमा यस्तो महसुल लिइन्थ्यो,’ प्राधिकरणका ती सञ्चालक भन्छन ‘हामीले औद्योगिक वातावरण पनि नबिग्रिने र प्राधिकरणले पनि घाटा ब्यहोर्नु नपर्ने गरी व्यावहारिक निर्णय लिएका छौं ।’

सर्वसाधारणले १८ घण्टासम्म लोडसेडिङ व्यहोर्दा विभिन्न उद्योग, व्यावसायिक प्रतिष्ठान, सरकारी अस्पताल र सामुदायिक खानेपानी र सिंचाइका आयोजनाले डेडिकेटेड र ट्रक लाइन सुविधाका नाममा २४ घण्टा विद्युत् उपयोग गरेका थिए । तर, ट्रंक लाइन सुविधा लिएर पनि प्रिमियम ट्यारिफ तिर्न धेरै ग्राहक तयार थिएनन् ।
प्राधिकरणले डेडिकेटेड फिडर र ट्रकलाइन सुविधामा ३१५ मेगावाट बराबरको बिजुली विभिन्न उद्योग प्रतिष्ठानलाई दिँदै आएको छ । यस्ता सुविधा लिएका ग्राहकले प्राधिकरणको प्रिमियम ट्यारिफको ‘बिलिङ’ अनुसार महसुल नतिर्ने भन्दै विरोध जनाउँदै आएका छन् । अधिकांश उद्योग अदालत गएकोमा धेरैजसो मुद्दामा अदालतले प्राधिकरणको पक्षमा फैसला गरेको छ ।
प्राधिकरणबाट २३० ग्राहकले डेडिकेटेड र ६७ वटाले ट्रंकलाइन सुविधा लिएका छन् । डेडिकेटेड र ट्रंक लाइन सुविधा लिएका २९२ ग्राहकमध्ये १८४ वटा माथि प्रिमियम ट्यारिफ लगाइएको थियो भने ५८ वटा ग्राहकलाई लगाइएको थिएन ।
२०७५ असार मसान्तसम्म डेडिकेटेड ग्राहकबाट असुल्न बाँकी ५ अर्ब २० करोड रुपैयाँ महसुल उठ्न बाँकी छ । जसको बिलिङ प्राधिकरणले गरिसकेको छ । ग्राहकले प्राधिकरणलाई ०७५ असार मसान्तसम्म ४ अर्ब ४९ करोड महसुल तिर्न बाँकी थियो । हाल यी दुई पक्षको महसुल ११ अर्ब नाघिसेकको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।