logo

निटलाई नेपाली कांग्रेसको शुभेच्छुक संस्थाको मान्यता दिईने 

    2512   पटक पढिएको

१९ माघ / अर्थ र व्यापार- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रवादी पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (नीट) लाई पार्टीको आगामी केन्द्रिय समिति बैठकवाट पार्टीको शुभेच्छुक संस्थाको मान्यता दिईने वताएका छन ।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) ले आयोजना गरेको लोकतान्त्रिक पर्यटन व्यवसायिहरुको भेला तथा सम्मान कार्यक्रममा बोल्दै देउवाले सो कुरा वताएका हुन । चुनावमा नेपाली कांग्रेसको सिद्धान्त र दर्शनले नहारेको तर पार्टीका नेताहरुले चुनाव हारेको उनको भनाई थियो । यस विषयमा पार्टीको केन्द्रिय समितिमा छिट्टै समिक्षा हुने उनले वताए ।

नेपाली कांग्रेका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेपालमा प्रत्येक गाउँमा पर्यटकिय सम्भावना रहेकोले व्यवसायीहरुले पनि लगानी गर्दा त्यस विषयमा ध्यान दिनुपर्ने वताए । नेपाली कांग्रेसका केन्द्रिय सदस्य दिपक खड्काले नेपालमा विशेषगरी कम्युनिष्ट पार्टीहरुले पर्यटन क्षेत्रमा माफियाकरण गरेको वताए।

नेपाल पर्यटन व्यवसायी संघ (नीट) का अध्यक्ष दीपक महतले लोकतन्त्रमा आस्था राख्ने व्यवसायिहरुले आफ्नो व्यवसायका साथै सामाजिक उत्तरदायित्व अन्र्तगत धेरै काम गरेको वताए । महतले आँफुहरुले पार्टीवाट केहि नमागेको तर आवश्यक पर्दा सहयोग गरेको वताउँदै निट लाई पार्टीले शुभेच्छुक संस्थाको मान्यता दिनुपर्ने माग गरेका थिए ।

कार्यक्रममा पर्यटन क्षेत्रका विभिन्न संस्थामा निर्वाचित भएका निट समर्थक व्यवसायि र पत्रकारहरुलाई पनि सम्मानित गरिएको थियो । कार्यक्रममा नेपाली कांग्रेसका नेताहरुको बाक्लो उपस्थिति थियो ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।