logo

विपक्षीको उम्मेदवारभन्दा योग्य र मतदाताहरुले मन पराएको व्यक्तिलाई टान अध्यक्षमा उठाउँछौं– निट अध्यक्ष महत

    2164   पटक पढिएको

४ भदौ /अर्थ र व्यापार- आगामी भाद्र २० गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनलाई लक्षित गरेर नेपाली कांग्रेस निकट पर्यटन व्यवसायीहरुको संस्था नेपाल पर्यटन व्यवसायी संघ (निट) ले अध्यक्ष दीपक महतको अध्यक्षतामा ७ सदस्यीय चुनावी व्यवस्थापन तथा सहजीकरण समिती गठन गरेको छ ।

समितिको सदस्यहरुमा संघका सह–अध्यक्ष रामशरण थपलिया, रमेश धमला, निमा शेर्पा, छेटुप तामाङ, देबेन्द्र वाग्ले र कुलबहादुर गुरुङ रहेका छन । “यो समितिले एकपक्षिय, द्धिपक्षीय र बहुपक्षिय वार्ता र सम्वादको पहल गर्ने र सकेसम्म सहमतिको प्रयास गर्नेछ”–निटका अध्यक्ष दीपक महतले अर्थ र व्यापारसंग भने । यसपटक टानको नेतृत्वका लागी सहमतिको सम्भावना झिनो देखिएको भए पनि कहिलेकाँही झिनो सम्भावना पनि पुरा हुन सक्ने सम्भावना रहेको उनले वताए ।

“सकेसम्म वार्तामार्फत सहमतिको प्रयास गरिन्छ, त्यसो हुन नसके निटले आफ्नो उम्मेदवारलाई अगाडी बढाउनेछ,त्यसमा अन्य विचार समुहका व्यवसायीहरुलाई पनि समेट्न सकिन्छ”–अध्यक्ष महतले भने । निटले एउटा मापदण्ड बनाएर नै अध्यक्ष लगायत अन्य उम्मेदवारहरु छनौट गर्ने उनले वताए । “विपक्षीको उम्मेदवार भन्दा योग्य र मतदाताहरुले मन पराएको व्यक्तिलाई निटले टान अध्यक्षमा उठाउँछ”–अध्यक्ष महतले भने ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।