१३ भाद्र / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज् एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० गते हुने निर्वाचनमा नेपाली कांग्रेस निकट नेपाल पर्यटन व्यवसायी संघ (निट) ले खुमबहादुर सुवेदीलाई अध्यक्षमा उठाउने निर्णय गरेको छ । बिहिवार बसेको निटको बैठकले अध्यक्षमा सुवेदी, महासचिवमा कर्मा शेर्पा र कोषाध्यक्षमा रितु ग्यामदानलाई उम्मेदवार वनाउने निर्णय गरेको हो ।
युनिक एड्भेञ्चर ईन्टरनेशनल प्रा.लि.का निर्देशक सुवेदी टानको वर्तमान कार्यसमितिका बरिष्ठ उपाध्यक्ष समेत हुन । सुवेदीले यसअघि टानको कार्यसमिति सदस्य र कोषाध्यक्षको रुपमा समेत कार्य गरिसेकेका छन । सुवेदी व्यवसायका साथै साहित्यिक क्षेत्रमा समेत सक्रिय छन । सुवेदीका दुईवटा नियात्रासंग्रह समेत प्रकाशित छन ।
तपाईको प्रतिक्रिया