logo

नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न नाट्टाद्वारा पर्यटनमन्त्री समक्ष ७ बुँदे सुझाव पेश

    1645   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष– २०२० सफल पार्नका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव पेश गरेको छ ।

नाट्टाले एक कार्यक्रमको आयोजना गरि मन्त्री भट्टराईलाई सुझाव पेश गरेको हो । कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु समेत उपस्थित थिए । मन्त्री भट्टराई समक्ष सुझाव पेश गर्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले अन्य देशहरुले जस्तै बढ्दो सूचना प्रविधिको विकास अनुसार पर्यटकहरुका लागि अनलाइन भिसा शुल्कसहित उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरे । अध्यक्ष पाण्डेले अध्यागमन सेवामा एक्सप्रेस काउन्टर खोल्न र अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको राख्नुपर्नेमा जोड दिए । 

अध्यक्ष पाण्डेले निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय कम्पनीहरुसँग जिटुजी गराउनका निम्ति नाट्टाले पनि सहयोग गर्ने बताए । उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षत्रको तर्फबाट पनि विभिन्न समिति निर्माण गरेर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै पाण्डेले विदेशस्थित नेपाली दूतावास, कन्सुलेट तथा कुटनैतिक मिसनहरुलाई परिचालन गराई भ्रमण वर्षमा कति पर्यटक पठाउन सक्ने हो, त्यसको प्रतिवद्धता माग्न सुझाव दिए । उनले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट गराउने भनिएकोमा यथाशिघ्र सो कामलाई पूर्णता दिई विमानस्थलकको सौन्दर्यकरण गर्न समेत माग गरे । उनले ७ बुँदे सुझाव पत्र पढेर मन्त्रीलाई हस्तान्तरण गरेका थिए ।  

नाट्टाको सुझावहरु ग्रहण गर्दै मन्त्री भट्टराईले कार्यान्वयनको प्रतिबद्धता जनाए । उनले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि निजी क्षेत्रबाट विगतमा जस्तै सहयोग रहने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमले सुरु गरेको नेपाल–जापान सीधा हवाइ सेवाकाका लागि निजी क्षेत्रले सहयोग गर्ने र अझ बढी नाट्टाको रहने विश्वास व्यक्त गरे । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।