logo

नेपाल भ्रमण वर्ष–२०२० सफल पार्न नाट्टाद्वारा पर्यटनमन्त्री समक्ष ७ बुँदे सुझाव पेश

    1508   पटक पढिएको

१९ भदौ / अर्थ र व्यापार- नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले नेपाल भ्रमण वर्ष– २०२० सफल पार्नका लागि संस्कृति,पर्यटन तथा नागरिक उड्ययनमन्त्री योगेश भट्टराईलाई ७ बुँदे सुझाव पेश गरेको छ ।

नाट्टाले एक कार्यक्रमको आयोजना गरि मन्त्री भट्टराईलाई सुझाव पेश गरेको हो । कार्यक्रममा नाट्टाका पूर्व अध्यक्षहरु समेत उपस्थित थिए । मन्त्री भट्टराई समक्ष सुझाव पेश गर्दै नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले अन्य देशहरुले जस्तै बढ्दो सूचना प्रविधिको विकास अनुसार पर्यटकहरुका लागि अनलाइन भिसा शुल्कसहित उपलब्ध गराउने व्यवस्था मिलाउन मन्त्रीलाई अनुरोध गरे । अध्यक्ष पाण्डेले अध्यागमन सेवामा एक्सप्रेस काउन्टर खोल्न र अध्यागमन अधिकृतहरु तालिम प्राप्त र उपयुक्त व्यवहार भएको राख्नुपर्नेमा जोड दिए । 

अध्यक्ष पाण्डेले निर्माणाधिन अवस्थामा रहेको गौतमबुद्ध विमानस्थल चाँडो भन्दा चाँडो सञ्चालनमा ल्याउन अन्तर्राष्ट्रिय कम्पनीहरुसँग जिटुजी गराउनका निम्ति नाट्टाले पनि सहयोग गर्ने बताए । उनले भ्रमण वर्ष सफल बनाउन निजी क्षत्रको तर्फबाट पनि विभिन्न समिति निर्माण गरेर काम अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । 

त्यस्तै पाण्डेले विदेशस्थित नेपाली दूतावास, कन्सुलेट तथा कुटनैतिक मिसनहरुलाई परिचालन गराई भ्रमण वर्षमा कति पर्यटक पठाउन सक्ने हो, त्यसको प्रतिवद्धता माग्न सुझाव दिए । उनले त्रिभुवन विमानस्थललाई बुटिक एयरपोर्ट गराउने भनिएकोमा यथाशिघ्र सो कामलाई पूर्णता दिई विमानस्थलकको सौन्दर्यकरण गर्न समेत माग गरे । उनले ७ बुँदे सुझाव पत्र पढेर मन्त्रीलाई हस्तान्तरण गरेका थिए ।  

नाट्टाको सुझावहरु ग्रहण गर्दै मन्त्री भट्टराईले कार्यान्वयनको प्रतिबद्धता जनाए । उनले नेपाल भ्रमण वर्ष सफल पार्नका लागि निजी क्षेत्रबाट विगतमा जस्तै सहयोग रहने विश्वास व्यक्त गरे । मन्त्री भट्टराईले नेपाल वायुसेवा निगमले सुरु गरेको नेपाल–जापान सीधा हवाइ सेवाकाका लागि निजी क्षेत्रले सहयोग गर्ने र अझ बढी नाट्टाको रहने विश्वास व्यक्त गरे । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।