२१ माघ / अर्थ र व्यापार- नेपाल पर्यटन वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत डा.धनन्जय रेग्मी लाई भेट गरि नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले अन्तर्राष्ट्रिय प्रवद्र्धनमा जोड दिन पर्यटन वोर्डलाई आग्रह गरेको छ । वोर्डका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत रेग्मीलाई बधाई दिन नाट्टाका निवर्तमान अध्यक्ष सि.एन पाण्डेको नेतृत्वमा गएको नाट्टा कार्यसमितिले सो धारणा राखेको हो ।
निवर्तमान अध्यक्ष पाण्डले नेपाल पर्यटन वोर्डलार्ई डिजिटलाईज्ड गराउनुपर्ने,हरेक प्रदेशका उत्कृष्ठ प्रोडक्टहरुलाई प्रोत्साहन र प्रवद्र्धन गनुपर्ने तथा नेपाल पर्यटन वोर्डले मठ, मन्दिर निर्माणको साटो अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने वताए । भेटमा नाट्टाका पदाधिकारी एवं कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।
वोर्डका प्रमुख कार्यकारी अधिकृत रेग्मीले आँफु निजी क्षेत्रको सिईओ भएको वताउँदै तत्कालिक भन्दा पनि दिर्घकालिन महत्वका विषयहरु ल्याउन संघ–संस्थाहरुलाई अनुरोध गरे । आफ्नो कार्यकालमा सिंगो नेपालको पर्यटन क्षेत्रमा देखिने गरि काम गर्ने उनले वताए । नयाँ वजेट वनाउँदा पर्यटन वोर्डले देशैभरी नयाँ पर्यटकिय गन्तव्य विकासमा विशेष जोड दिने उनले वताए ।
तपाईको प्रतिक्रिया