logo

निगमको ओसाका उडानलाई दीर्घकालिन बनाउने उपायको खोजी

    1566   पटक पढिएको

३१ भदौ / अर्थ र व्यापार- नेपाल वायुसेवा निगमले सुरुवात गरेको नेपाल–जापान उडानलाई प्रभावकारी र दीर्घकालिन रुपमा सञ्चालन हुने वातावरण निर्माणका लागि नेपाल एसोसिएशन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सदस्य ट्राभल कम्पनी,नेपाल वायुसेवा निगम र अन्य सरोकारवालाहरुको उपस्थितिमा एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ ।

कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन पाण्डेले जापानको पर्यटन बजार नेपालका लागि अत्यन्त सम्भावनायुक्त रहेको औल्याउँदै निगमको ओसाका उडान पैसासँग मात्रै नभई मुलुकको पहिचान स्थापित गर्ने कुरासँग जोडिएको वताए । निगमले व्यवसायी र सम्बन्धित निकायहरुसँगको सहकार्य बढाउने स्पष्ट योजना निर्माण गर्नुपर्ने वताउँदै पाण्डेले व्यवसाय सुरु गर्नेवित्तिकै नाफा भइहाल्छ भन्ने कुरा सम्भावना नभएको भन्दै दीर्घकालिन योजना बनाउनुपर्नेमा जोड दिए ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले निगमसँग बोर्डको सम्बन्ध अझ प्रगाढ बनाउँदै पर्यटन प्रवद्र्धनमा लाग्नुपर्ने वताए । उनले निगमले गर्ने प्रवद्र्धनात्मक गतिविधिहरुमा पनि नविनता खोज्नुपर्नेमा जोड दिए ।

नेपाल वायुसेवा निगमका कर्पोरेट डाइरेक्टर टंकनिधी दाहालले निगमको योजना वारे  प्रस्तुति गर्दै यसबीचको अवस्थाले निगमको ओसाका उडान राम्रो हुने संकेत दिएको बताए । उनले जापानमा छिट्टै निगमको डेक्स स्थापना गर्ने तयारी भइरहेको जानकारी दिदै आगामी दिनमा व्यवसायी र सम्बन्धित निकायको सुझावलाई आत्मसात गर्दै व्यवसायिक योजना बनाउने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कार्यक्रममा बोल्ने टुर एण्ड ट्राभल सञ्चालकहरुले निगमको ओसाका उडानका लागि व्यवसायीहरुलाई प्याकेज दिइनुपर्ने, डिजिटल मार्केटिङ गर्नुपर्ने, जापानका ठूला एजेन्टहरुलाई आकर्षित गर्नुपर्ने, एयरफेयरलाई तुलनात्मक रुपमा प्रतिस्पर्धात्मक बनाइनुपर्ने लगायतका सुझाव दिएका थिए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।