logo

नाट्टाका सदस्यहरुले भ्रमण वर्षमा १० प्रतिशत छुट दिने

    2053   पटक पढिएको

१२ मंसिर / अर्थ र व्यापार- नेपाल भ्रमण वर्ष २०२० को अवसरमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का सदस्य ट्राभल र टुर कम्पनीहरुले आफ्ना सेवाहरुमा १० प्रतिशत छुट दिने सम्झौता सम्पन्न भएको छ । विहिवार नेपाल भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्य र नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले सो सम्बन्धि सम्झौतामा हस्ताक्षर गरे ।

नाट्टा र भ्रमण वर्ष सचिवालय विच १४ बुँदे सम्झौतामा हस्ताक्षर भएको हो । सम्झौतामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न नाट्टाका सदस्यहरुको सक्रिय सहभागिता र सक्रियता रहने उल्लेख छ । त्यसका साथै नाट्टाका सम्पूर्ण सदस्यहरुले आफ्ना सम्पूर्ण प्रचार सामाग्री तथा वेभसाईटमा नेपाल भ्रमण वर्षको लोगो राख्ने समेत उल्लेख छ ।

नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले सरकारले अगाडी सारेको नेपाल भ्रमण वर्षलाई सफल पार्न नाट्टाका सदस्यहरुले आफ्नो सेवामा १० प्रतिशत छुट दिने वताए ।  

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।