logo

ट्राभल व्यवसायिहरुलाई लाग्यो नाट्टाको चुनाव

पाण्डे र शर्माको प्यानल चुनावी प्रतिस्पर्धामा

    2261   पटक पढिएको

२३ पुष / अर्थ र व्यापार- ट्राभल एण्ड टुर व्यवसायिहरुको संस्था नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस् (नाट्टा) को आगामी पुष २८ गते हुने निर्वाचनका लागी दुई प्यानलले मनोनयन दर्ता गराएका छन । 

आईतवार नाट्टाका प्रथम वर्तमान प्रथम उपाध्यक्ष सि.एन.पाण्डे र नाट्टाकै द्वितीय उपाध्यक्ष डि.के शर्माले आ–आफ्नो प्यानल सहत मनोनयन दर्ता गराएका हुन । पाण्डे सम्राट टुर्स एण्ड ट्राभल्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन भने शर्मा डि.के. टुर्स प्रा.लि.का प्रबन्ध निर्देशक हुन ।

सिएन पाण्डे प्यानलबाट उपाध्यक्षमा अच्यूत गुरागाई द्वितीय उपाध्यक्षमा सुनिल शर्मा, महासचिव रमेश थापा, सचिवमा हरि भक्त श्रेष्ठ, कोषाध्यक्षमा राजकुमार थापा, सह–कोषाध्यक्षमा सुरेन्द्र भटराई तथा सदस्यहरुमा इनु थापा, कुमार थपलिया, राजु ढकाल, फुरी शेर्पा, सुर्दशन नेपाल, रमेश पौड्याल, देवकी गुरुङ र रोमी श्रेष्ठको उम्मेद्वारी परेको छ ।

त्यस्तै डि.के शर्मा प्यानलबाट प्रथम उपाध्यक्षमा चित्र बहादुर गुरुङ, द्वितीय उपाध्यक्षमा संगीता जिरेल, महासचिवमा विनय बस्नेत, सचिवमा सविता के.सि. भट्टराई, कोषाध्यक्षमा राम श्रेष्ठ र सह–कोषाध्यक्षमा युवराज सुवेदी तथा सदस्यहरुमा अमृत कुमार ढकाल, रवि थापा, रघु परियार, सन्तोष क्षेत्री, डि.पि अर्याल , बेन्जु श्रेष्ठ, गीता ढकाल र विनोद कार्कीको उम्मेदवारी परेको छ ।

यसपटक नाट्टाको निर्वाचनमा सहमति गर्ने निकै लामो प्रयास गरेपनि सफल हुन सकेको थिएन । मनोनयन दर्ता पछि अर्थ र व्यापार संग कुरा गर्दै अध्यक्षका उम्मेदवार सि.एन पाण्डेले आँफुहरुले अर्को समुहलाई पनि समेटेर सहमती गर्न खोजेपनि पछि अर्को समुहले लुकेर गई मनोनयन दर्ता गरेको वताए । अध्यक्षका अर्का प्रत्याशी शर्माले आँफुहरुलाई व्यवसायिहरुको निकै राम्रो साथ रहेको वताए । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।