logo

नाट्टाद्वारा मिस टुरिजम–२०१८ का विजेताहरुलाई बधाई ज्ञापन

    1597   पटक पढिएको

१७ भाद्र / अर्थ र व्यापार- नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले कार्यसमितिको चौधौं पूर्ण बैठकको अवसर पारेर मिस टुरिजम–२०१८ का विजेताहरु लाई बधाई ज्ञापन गरेको छ । नाट्टा सचिवालयमा आयोजित कार्यक्रममा नाट्टाका अध्यक्ष सि.एन.पाण्डे र उपाध्यक्ष संगिता जिरेल वादेले मिस टुरिजम–२०१८ मनिता पौडेल, मिस टुरिजम–२०१८ फस्ट रनर अप प्रकृति ढकाल र मिस टुरिजम–२०१८ सेकेण्ड रनर अप श्रृति थापालाई खादा लगाई बधाई ज्ञापन गरे ।

सो अवसरमा नाट्टाका अध्यक्ष सि.एन.पाण्डेले यस कार्यक्रमले पर्यटन क्षेत्रमा युवाहरुलाई आकर्षित गर्न महत्वपूर्ण भुमिका खेल्ने विश्वास आँफुले लिएको वताए । पाण्डेले नेपालको पर्यटन क्षेत्रमा प्रवद्र्धनमा मिस टुिरजमका विजेताहरुले सहयोग पु¥याउने आफ्नो अपेक्षा रहेको वताए । कार्यक्रममा नाट्टाका प्रथम उपाध्यक्ष अच्युत गुरागाईं,द्धितिय उपाध्यक्ष संगिता जिरेल वादे र महासचिव रमेश थापाले मिस टुरिजमका विजेताहरुले नेपालको पर्यटन क्षेत्रको विकासमा खेल्नुपर्ने भुमिकाका वारेमा आफ्ना सुझावहरु राखेका थिए ।

कार्यक्रममा मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले विगत तीन वर्षदेखि पर्यटन क्षेत्रमा युवा र महिलाहरुलाई आकर्षित गर्दै आन्तरिक र अन्तर्राष्ट्रियस्तरमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले मिस टुरिजमको आयोजना गर्दै आईरहेको वताए । काफ्लेले नाट्टालाई विशेष धन्यवाद ज्ञापन गरेका थिए । सो अवसरमा मिस टुरिजम–२०१८ मनिता पौडेल, फस्ट रनर अप प्रकृति ढकाल र श्रृति थापाले आँफुहरु नेपालको पर्यटन क्षेत्रमा सक्रिय रहने वताएका थिए । कार्यक्रममा नाट्टाका पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको उपस्थिति रहेको थियो ।

आईतवारको कार्यसमिति बैठकले विशेषगरि पर्यटन क्षेत्रमा कायम रहेको गैह्रकानुनी अपरेशन रोक्ने र फितुरमा नेपालले गर्ने प्रस्तुतीकरणका विषयमा विशेष छलफल हुने महासचिव रमेश थापाले वताए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।