logo

नाट्टा र हानका पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक सम्पन्न

पर्यटनलाई व्यवहारिक रुपमा प्राथमिकताको उद्योगको मान्यता दिन माग

    1899   पटक पढिएको

२६ ज्येष्ठ / अर्थ र व्यापार- 

नेपाल एशोयिशसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र होटल एशोशियसन नेपाल (हान) का पूर्व अध्यक्ष परिषद्को संयुक्त बैठक आईतवार सम्पन्न भएको छ । बैठकले पर्यटन क्षेत्रका समसामयिक विषयहरुमा समान धारणा वनाएर अगाडी बढ्ने निर्णय गरेको छ ।

संयुक्त बैठकले विशेषगरि दुईवटा विषयलाई लागु गराउन पहल गर्ने निर्णय गरेको छ । सरकारले नितिगत रुपमा पर्यटन क्षेत्रलाई राष्ट्रिय प्राथमिकताप्राप्त उद्योगको रुपमा मान्यता दिएपनि व्यवहारमा लागु नभएकोले व्यवहारिक रुपमा लागु गराउन विशेष लविईङ गर्ने निर्णय गरेको नाट्टाका अध्यक्ष सि.एन पाण्डेले अर्थ र व्यापारलाई वताए ।

त्यसैगरी नेपाल पर्यटन वोर्डमा पर्यटन क्षेत्रका वास्तविक पर्यटन व्यवसायीहरुको प्रतिनिधित्व गराउनुपर्ने तथा नेपाल पर्यटन वोर्डको पुर्नसंरचना गर्न विशेष पहल गर्ने निर्णय गरेको पाण्डेले वताए । बैठकमा नाटटा पूर्व अध्यक्ष परिषद्का संयोजक आर.आर पाण्डे, नाट्टा अध्यक्ष सि.एन पाण्डे, हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणाले आगामी दिनमा समान धारणा वनाएर अगाडी बढ्ने सम्झौता समेत गरेका छन । बैठकमा नाट्टाका पूर्व अध्यक्ष र हानका पूर्व अध्यक्षहरु उपस्थित थिए ।

बैठकले आगामी दिनमा पर्यटन क्षेत्रका नितिगत विषयवस्तुहरुमा सुधारका लागी नाटटा पूर्व अध्यक्ष परिषद्का संयोजक आर.आर पाण्डे, नाट्टा अध्यक्ष सि.एन पाण्डे, हान पूर्व अध्यक्ष परिषद्का संयोजक योगेन्द्र शाक्य र हान अध्यक्ष सिर्जना राणा सम्मिलित एक कार्यदल समेत गठन गरेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।