१२ पुष/ अर्थ र व्यापार- नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) को एकाउन्नौ वार्षिक साधारणसभा आगामी पुस २८ (जनवरी १२ तारिख) का दिन हुने भएको छ । नाट्टाको बुधवार वसेको कार्यसमिति बैठकले आगामी पुष २८ मा साधारणसभा गर्ने निर्णय गरेको नाट्टाका प्रथम उपाध्यक्ष सि. एन. पाण्डेले वताए ।
यो साधारणसभाले नाट्टाको आगामी कार्यकालका लागी नेतृत्वका लागी समेत चयन गर्नेछ । नाट्टाको आगामी नेतृत्वका लागी आन्तरिक रुपमा तयारी सुरु भएको छ । नाट्टाका पूर्व अध्यक्षहरुअर्जुन शर्मा,पवित्र कुमार कार्की लगायतले आगामी नाट्टा नेतृत्व सर्वसम्मत रुपमा ल्याउन पहल गरिरहेका छन । पूर्वअध्यक्षहरुको पहल विहिवार सम्म निष्कर्षमा पुग्ने बुझिएको छ । यदि सहमति हुन सकेन भने नाट्टामा निर्वाचन हुनेछ ।
यसपटक नाट्टाको नेतृत्व लिनका लागी नाट्टाका प्रथम उपाध्यक्ष सि.एन.पाण्डे,नाट्टाका पूर्व महासचिव अच्युत गुरागाईं लगायत अन्य केहि पनि आकांक्षी देखिएका छन । सहमतिको प्रयास सम्भव नभए शुक्रवार सम्म प्यानलहरु निर्माण हुने देखिएको छ ।
तपाईको प्रतिक्रिया