१० फागुन/ अर्थ र व्यापार - नबिल बैंक नेप्सेको कारबाहीमा परेको छ । नेप्सेलाई उपलब्ध गराउने पर्ने सूचना समय मै उपलब्ध नगराएको भन्दै बैंकलाई २४ घण्टे स्पष्टीकरण माग गरेको हो । सूचिकरण विनियमावली उल्लंघन गरेपछि नबिल बैंक नेप्सेको कारबाहीमा परेका हो ।
सूचिकरण सम्झौता अनुसार सार्वजनिक महत्वका सूचना कम्तिमा ७ दिन अघि जानकारी गराउनुपर्नेमा किन ढिलो जानकारी गराएको भन्दै नेप्सेले जवाफ माग गरेको छ । नेप्से सूचिकरण सम्झौताको बुँदा नम्बर १० अनुसार बुक क्लोज सम्बन्धी जानकारी बुक क्लेज हुने दिनभन्दा ७ दिनअघि नै जानकारी गराउनुपर्ने भन्ने छ ।
बिहीबार बैंकले फागुन २७ गते साधारण सभा गर्नका लागि फागुन १४ गतेदेखि बुक क्लोज गर्ने सूचना निकालेको थियो । उक्त जानकारी नेप्सेमा ढिलोगरी प्राप्त भएको नेप्सेले जनाएको छ ।
तपाईको प्रतिक्रिया