९ फागुन/अर्थ र व्यापार - नबिल बैंकद्वारा फागुन २७ गते आह्वान गरेको ३४ औं वार्षिक साधारण सभाका लागि शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने मिति तोकेको छ । बैंक सञ्चालक समितिको फागुन ५ गते सम्पन्न बैठकले फागुन १४ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । यसअनुसार फागुन १३ गतेसम्म शेयर कारोबार भई कायम रहने शेयरधनी मात्र लाभांशका लागि योग्य हुनेछन् । फागुन ८ गते बुधबार बैंकको शेयर प्रतिकित्ता ७८९ रुपैयाँमा कारोबार भएको छ ।
नबिल बैंकले फागुन २७ गते सोमबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा साढे ११ बजे ३४ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकले निकै ढिलो गरि गत आर्थिक वर्षको साधारण सभा आह्वान गरेको हो । यसअघिका वर्षहरुमा बैंकले पहिलो त्रैमासमा नै साधारण सभा सम्पन्न गर्दै आएकोमा गत आवको साधारण सभा भने तेस्रो त्रैमासमा धकेलिएको हो । सभाले बैंक सञ्चालक समितिले प्रस्ताव गरिको २२ प्रतिशत नगद तथा १२ प्रतिशत बोनस सहित कूल ३४ प्रतिशत लाभांश पारित गर्नेछ । साधारण सभाका लागि बैंकले फागुन १४ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यस्तै संस्थापक शेयरधनी एनआईडिसी डेभलपमेन्ट बैंकले यसअघि बिक्री गरेको दश प्रतिशत शेयर संस्थापक शेयरलाई साधारण शेयरमा परिणत गर्ने प्रस्ताव पनि अनुमोदन गर्दैछ । बैंकले सो शेयर रुपान्तरण गर्न नियामक निकाय राष्ट्र बैंकबाट स्वीकृती प्राप्त भैसकेको जनाएको छ ।
यस्तै अन्य एजेण्डाहरुको बैंकको प्रबन्धपत्र तथा नियमावली संसोधन तथा आवश्यक संसोधनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र नाफा नोक्सानी हिसाब सहित बैंकको सहायक कम्पनी नबिल इन्भेष्टमेन्ट एण्ड बैंकिङ्गको सहित एकीकृत वित्तीय विवरण स्वीकृत गर्ने लगायतका रहेका छन् ।
तपाईको प्रतिक्रिया