logo

मोहन लम्साल समुहको प्रतिवद्धता पत्र सार्वजनिक

ट्याक्स,भ्याटको समस्या समाधान गर्ने लम्सालको प्रतिवद्धता

    2423   पटक पढिएको

१० कात्र्तिक÷अर्थ र व्यापार- आगामी कात्र्तिक १२ गते हुने ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को निर्वाचनका अध्यक्षका उम्मेद्वार मोहन लम्साल समुहले एक पत्रकार सम्मेलन र उम्मेदवार परिचय कार्यक्रम गरि चुनावी प्रतिवद्धता पत्र सार्वजनीक गरेको छ ।

लम्साल समूहको प्रतिवद्धता पत्रमा ट्याक्स–भ्याटका समस्या समाधान, टानको संस्थागत सुदृढिकरण, पर्वतीय पर्यटन पूर्वाधार निर्माण देखि मजदुर र पर्यटन व्यवसायीका समस्या समाधान सम्मका विषय समावेश गरिएको छ । 

मुलुकको संघीय संरचना अनुसार पर्वतीय पर्यटनक क्षेत्रमा देखिन थालेका थप देखिन सक्ने शूल्क, स्थानीय कर तथा अन्य स्थानीय शूल्कका विषयलाई राज्य र पर्यटन व्यवसायीको समेत सल्लाह र सुझावका आधारमा समाधान खोज्ने, पदयात्रा, पर्वतारोहण, राष्ट्रिय निकुञ्ज प्रवेश लगायतका सबै अनुमति पत्र एकद्वार प्रणाली मार्फत व्यवस्था गर्ने, टानको आन्तरिक व्यवस्थालाई थप सृदृढ बनाउने, राजनीतिकरण र राजनीतिक प्रभावबाट टानलाई मूक्त राख्ने उल्लेख छ । 


त्यस्तै प्रतिवद्धता पत्रमा टिम्सबाट संकलित रकमको केही अंश अनिवार्य रुपमा अन्तर्रा्ष्ट्रिय प्रवद्र्धमा खर्च गर्ने व्यवस्था गर्ने, नेपालको पर्वतीय पर्यटन सम्बन्धि गुणस्तरिय सामाग्रीहरु निर्माण गरि राष्ट्रिय अन्तर्रा्ष्ट्रिय विभिन्न माध्यमद्वारा प्रवद्र्धन गर्ने, मजदुर संघ–संगठनहरुसँग सम्पर्क र सहकार्य गरि मजदुर र व्यवसायी बीच सुमधुर सम्बन्ध विकास गर्ने, विस्तापित पदमार्गहरुको सट्टमा बैकल्पिक पदमार्गहरुको विकास गरिने पत्रमा उल्लेख छ । 

पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ पर्यटन व्यवसायीद्वय केशव पाण्डे र सागर पाण्डेले मोहन लम्साल समुहको टिम व्यवसायीक र टानलाई गति दिन सक्ने गैरराजनीतिक समुह भएकोले उक्त समुहलाई अत्याधिक बहुमतले विजयी गराउन आफुहरु लागि परेको बताए । 

त्यसैगरी अध्यक्षका प्रत्यासी मोहन लम्सालले टानलाई नयाँ गति र दिशा दिन आफ्नो समुह सक्षम रहेको बताउँदै पदयात्रा व्यवसायीहरुको तमाम समस्याहरुको समाधान गर्नको लागि आफ्नो उम्मेदवारी रहेको बताए । लम्सालले आँफु निर्वाचित भएर आएमा अहिले सरकारी निकायहरुले ट्रेकिङ कम्पनीहरुलाई ट्याक्स र भ्याटको नाममा दिएको दिएको दुःख समाधानका लागी सक्दो पहल गर्ने वताए । 

लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला, द्वितीय उपाध्यक्षमा निलहरी बास्तोला, महासचिवमा चेवन देवकोटा, सचिवमा चोलेन्द्र बहादुर कार्की, कोषाध्यक्षमा सुवास केसी र सह–कोषाध्यक्षमा किरण धरेल रहेका छन । त्यस्तै लम्साल समुहको कार्यसमिति सदस्यहरुमा शेर बहादुर परियार, तपनराज भण्डारी, लाम्गेल जाङबु शेर्पा, जंग बहादुर लामा, आङबाबु शेर्पा, रितु ग्याङदेम, सुर्य बहादुर थापा, कुल प्रसाद सुवेदी र सरोज कट्टेल रहेका छन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।