logo

मिस टुरिजम–२०१९ को उपाधी आरजु पोखरेललाई

    1285   पटक पढिएको

२५ श्रावण / अर्थ र व्यापार संवाददाता- प्वाईन्ट मिडिया प्रा.लि.द्वारा आयोजित मिस टुरिजम २०१९ को उपाधी आरजु पोखरेलले जितेकी छन । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) का अध्यक्ष सि.एन पाण्डेद्वारा सोधिएको नेपाल भ्रमण वर्षलाई सफल पार्न गर्नुपर्ने प्रमुख तिन कामहरु के–के हुन भन्ने प्रश्नको उत्तर दिँदै आरजुले मिस टुरिजम–२०१९ को उपाधी जितेकी हुन । यो संगै पोखरेलले मिस डिसिप्लिन र मिस फ्रेण्डसिपको उपाधी पनि हात पारिन ।

त्यस्तै मिस टुरिजम–२०१९ फस्र्ट रनर अपमा युसिका तुलाधर र सेकेण्ड रनर अप सविता न्यौपाने छनौट भईन । तुलाधरले मिस ट्यालेन्ट र न्यौपानेले मिस पर्सनालिटिको उपाधी पनि प्राप्त गरिन । त्यसैगरी फोटोजेनिकमा अर्पना पोखरेल,फिगरमा लक्ष्मि थिङ,स्माईलमा करिना प्याथा,वाकमा रविना सुवाल,कन्फिडेन्टमा विजया खनाल,पपुलर च्वाईसमा लक्ष्मि श्रेष्ठ र ईन्टेलिजेन्टमा शान्ति तिमिल्सिना छनौट भए । 

विजेताहरुलाई प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,नेपाल पर्यटन वोर्डका सञ्चालक दीपक महत र अर्थवाउण्ड एक्सपीडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडाले नगद क्रमशः ५० हजार,३० हजार,२० हजार प्रदान गरे ।
नेपालको पर्यटन क्षेत्रको राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा प्रवद्र्धन गर्ने र युवाहरुलाई नेपालको पर्यटन क्षेत्रमा आकर्षित गर्ने उद्देश्यले विगत सन् २०१६ देखि प्वाईन्ट मिडियाले मिस टुरिजम २०१९ को आयोजना गदै आईरहेको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए ।

मिस टुरिजमको ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्ज (नाट्टा) का अध्यक्ष सि.एन पाण्डे,ग्रिकका अवैतनिक वाणिज्यदुत तथा अग्रज पर्यटन व्यवसायि विक्रम पाण्डे,गाउँ पर्यटन प्रवद्र्धन मञ्च (नेपाल) का पूर्व अध्यक्ष कमल सापकोटा,टानका बरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, मिस नेपाल–२००० उषा खड्गी,टानका पूर्व महासचिवहरु सागर पाण्डे र मोहन लम्साल,नेपाल पर्वतारोहण संघका महासचिव कुलबहादुर गुरुङ,युवा पर्यटन व्यवसायीहरु राजन सिम्खडा र अञ्जन थापा(कुमार) रहेका थिए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।