logo

मिस टुरिजम–२०१९ को आवेदन खुल्ला

    1444   पटक पढिएको

५ असार / अर्थ र व्यापार- मिस टुरिजम–२०१९ को आवेदन असार ६ गते शुक्रवारवाट खुल्ला गरिएको छ । मिस टुरिजमको आयोजक संस्था प्वाईन्ट मिडिया प्रा.लि.ले पत्रकार सम्मेलनको आयोजना गरि यस वर्षको मिस टुरिजमको आवेदन खुल्ला भएको जनाएको छ ।

प्वाईन्ट मिडियाले सन् २०१६ देखि नेपालमा मिस टुरिजमको आयोजना गर्दै आईरहेको छ ।  राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा पर्यटन प्रवद्र्धन गर्ने, सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सहयोग पु¥याउने उद्देश्यले “मिस टुरिजम–२०१९” को आयोजना गरिएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । यो कार्यक्रमले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तिकरण र नेपाली नारीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्नुका साथै नेपालका पर्यटकीय गन्तव्यहरुको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउनेछ भन्ने विश्वास आयोजकको छ ।

आगामी श्रावण २५ ( अगस्ट १०) का दिन आयोजना हुने “मिस टुरिजम–२०१९” का लागी  असार ६ गते शुक्रवारवाट देशभर आवेदन खुल्ला गरिएको हो । १८ देखि २५ वर्ष उमेर समुहका अविवाहित नेपाली महिलाहरुले आगामी असार २० गते सम्म आवेदन दिन पाउने प्रबन्ध निर्देशक काफ्लेले वताए । आवेदन दिने मिति सकिएपश्चात काठमाडौंका साथै पर्यटकियस्थलहरु पोखरा र चितवनमा समेत अडिसन लिईने छ । 

मिस टुरिजम–२०१९ लाई नगद पचास हजार रुपैयाँ, मिस टुरिजम फस्ट रनर अप–२०१९ लाई ३० हजार रुपैयाँ र मिस टुरिजम सेकेण्ड रनर अप–२०१९ लाई नगद २० हजार रुपैयाँ प्रदान गरिनुका साथै विभिन्न ब्राण्डका एम्बेसडर बन्ने अवसर दिइने प्रबन्ध निर्देशक काफ्लेले वताए ।

पत्रकार सम्मेलनमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले अन्तर्राष्ट्रिय रुपमा समेत अभ्यास भइरहेको मिस टुरिजमजस्ता  प्रतियोगिताले पर्यटन प्रवद्र्धनका लागि मात्र नभई महिला नेतृत्व विकासमा समेत टेवा पुग्ने वताए । उनले भ्रमण वर्षको सन्दर्भमा प्रतियोगिता उपयोगी हुने भन्दै यसलाई सफल बनाउन सबै निकायको सक्रियताको खाँचो रहेको औंल्याए ।  


त्यस्तै नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महतले मिस टुरिजमका विजेताहरुलाई नेपाल पर्यटन वोर्ड लयायतका अन्य संस्थाहरुले सहि ढंगले उपयोग गर्न नसकेको वताए । महतले यसलाई अझ वृहत र व्यापक सहभागिताका साथ सम्पन्न गर्न सुझाव समेत दिए । नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्व अध्यक्ष रामकाजी कोनेले मिस टुरिजमले नेपालको पर्यटनमा नयाँ आयाम थपेको वताए ।

ट्रेकिङ एजेन्सिज  एसोसिएसन अफ नेपाल (टान) का पूर्व अध्यक्ष चन्द्र रिजालले मिस टुरिजमलाई व्यवसायिक प्रवद्र्धनको रुपमा स्थापित गरिनुपर्नेमा जोड दिए । गाउँ पर्यटन प्रवद्र्धन मञ्चका पूर्व अध्यक्ष कमल सापकोटा, नेपाल उद्योग वाणिज्य सङ्घका केन्द्रीय सदस्य रामशरण थपलियाले भ्रमण वर्ष अभियानलाई प्रभावकारी बनाउन पनि प्रतियोगिताको उपयोग गर्नसक्नुपर्ने धारणा राखे । 

टानका पूर्व महासचिव सागर पाण्डेले पर्यटनको महत्वपूर्ण प्रडक्टका रुपमा रहेको प्रतियोगितालाई ताज पहि¥याउने मात्र नभई उनीहरुको क्षमतालाई पर्यटन क्षेत्रले सदुपयोग गर्नसक्नुपर्नेमा जोड दिए । पर्यटन व्यवसायी राजन सिंखडाले यो प्रतियोगिताले अझ बृहत र नेपालको पर्यटन क्षेत्रको प्रवद्र्धनका लागी पर्यटन क्षेत्रका सम्पूर्ण संघ–संस्था र निकायहरुको सहयोग आवश्यक रहेको वताए ।

कार्यक्रममा नेपाल पर्यटन वोर्डका सञ्चालक पम्फा धमला, अजोड ईन्सुरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री, नाट्टाका वरिष्ठ उपाध्यक्ष अच्युत गुरागाई, ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष खुमबहादुर सुवेदी, नेपाल योग एशोशियसनका उपाध्यक्ष अञ्जन थापा, मिस टुरिजमका सम्पूर्ण विजेताहरु, पर्यटन व्यवसायिहको उपस्थित रहेको थियो ।
    
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।