logo

मिस टुरिजम–२०१८ को उपाधी मनितालाई

    2093   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार- मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन् ।

प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन । प्रतियोगिताको पस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै क्रमशः रु ३० हजार र २० हजार प्राप्त गरे ।  

प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर,सृजना घमिरे मिस फ्रेण्डसिप,श्रृति थापा मिस पर्सनालिटि,सगुन अधिकारी मिस वाल्क घोषित भए । मिस टुरिजमको उपाधी चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत छिन् ।  


राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने,पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पा,नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सि.एन पाण्डे,नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल,नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक राजेन्द्र सापकोटा,युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिंम्खडा,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डे,गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटा,टानका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी,नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र मिस नेपाल २०१५ ईभाना मानन्धर रहेका थिए ।

विजेताहरुलाई नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत,नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा,अर्थवाउण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडा,यात्री स्विट्स एण्ड स्पाका प्रबन्ध निर्देशक सागर पाण्डे,प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,प्रमुख कार्यकारी अधिकृत रविन्द्र अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।