logo

मिस टुरिजम–२०१८ को उपाधी मनितालाई

    2304   पटक पढिएको

९ भदौ / अर्थ र व्यापार- मिस टुरिजम–२०१८ को उपाधी भक्तपुरकी मनिता पौडेलले जितेकी छन् । शनिवार भएको अन्तिम प्रतिस्पर्धाका १२ प्रतियोगीलाई उछिन्दै पौडेलले मिस टुरिजमको ताज चुमेकी हुन् । जितसँगै उनले नगद रु ५० हजार हात पारिन् । पौडेलले मिस फोटेजेनिकको उपाधी समेत जितेकी छन् ।

प्रमुख निर्णायक नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पाले सोधेको सन् २०२० मा २० लाख पर्यटक नेपाल भित्र्याउन सरकारले गर्नुपर्ने प्रमुख तीन कामहरु के–के हुन भन्ने प्रश्नको जवाफ दिँदै पौडलेले उपाधी जितेकी हुन । प्रतियोगिताको पस्ट रनरको उपाधी प्रकृति ढकाल र श्रुती थापाले सेकेण्ड रनर अपाधी जित्दै क्रमशः रु ३० हजार र २० हजार प्राप्त गरे ।  

प्रतियोगितामा दिक्षा श्रेष्ठ मिस इन्टेलिजेन्ट, सुस्मा खनाल पब्लिक च्वाईस र मिस स्माईल, प्रकृति ढकाल मिस ट्यालेन्ट र मिस डिसिपिलेन, सङ्गीता थापा मिस फिगर,सृजना घमिरे मिस फ्रेण्डसिप,श्रृति थापा मिस पर्सनालिटि,सगुन अधिकारी मिस वाल्क घोषित भए । मिस टुरिजमको उपाधी चुमेकी १९ वर्षीया पौडेल ट्राभल एन्ड टुरिजम विषयमा स्नातक अध्ययनरत छिन् ।  


राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा नेपालको पर्यटन प्रवद्र्धन गर्ने,पर्यटन क्षेत्रमा महिला सहभागिता वृद्धि गर्ने उद्देश्यले प्वाइन्ट मिडियाले सन् २०१६ देखि मिस टुरिजमको आयोजना गर्दै आएको प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्लेले वताए । प्रतियोगिताले पर्यटन क्षेत्रमा युवा र महिला सहभागिता वृद्धि, महिला सशक्तीकरण र उनीहरुलाई नयाँ अवसरहरुको सिर्जना गर्ने काफ्लेले वताए ।

मिस टुरिजम–२०१८ को ग्राण्ड फाईनलको निर्णायकहरुमा नेपाल वायुसेवा निगमका सञ्चालक निमानरु शेर्पा,नेपाल एशोशियसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)का अध्यक्ष सि.एन पाण्डे,नेपाल योग एशोशियसनका अध्यक्ष मोहन लम्साल,नेपाल पर्यटन वोर्डका पूर्व सञ्चालक राजेन्द्र सापकोटा,युवा पर्यटन व्यवसायि तथा लेखक राजन सिंम्खडा,ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) का पूर्व महासचिव सागर पाण्डे,गाउँ पर्यटन प्रबद्र्धन मञ्च नेपालका निवर्तमान अध्यक्ष कमल सापकोटा,टानका वरिष्ठ उपाध्यक्ष खुम बहादुर सुवेदी,नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुङ र मिस नेपाल २०१५ ईभाना मानन्धर रहेका थिए ।

विजेताहरुलाई नेपाल पर्यटन वोर्डका सञ्चालक समिति सदस्य दीपक महत,नाट्टाका पूर्व अध्यक्ष अर्जुन शर्मा,अर्थवाउण्ड एक्सपिडिसन प्रा.लि.का प्रबन्ध निर्देशक राजन सिम्खडा,यात्री स्विट्स एण्ड स्पाका प्रबन्ध निर्देशक सागर पाण्डे,प्वाईन्ट मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक नविन काफ्ले,प्रमुख कार्यकारी अधिकृत रविन्द्र अधिकारी लगायतले पुरस्कार प्रदान गरेका थिए ।
 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।