logo

माथिल्लो त्रिशुली–३ ‘बी’को आईपिओ बाँडफाँड, कुल ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन

    1445   पटक पढिएको

१४ चैत्र /अर्थ र व्यापार - माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाको आईपिओमा आवेदन गरेका ५० हजार २६७ जना भाग्यमानी आवेदकले गोलाप्रथाबाट थप १० कित्ता सहित कूल ३० कित्ताका दरले शेयर प्राप्त गरेका छन् । बाँकी आवेदकलाई २० कित्ताका दरले बाँडफाँड गरिएको छ ।
आईपिओमा आवेदन गरेका कूल एक लाख ५४ हजार ५५९ आवेदन सदर भएको थियो । जसमध्ये एक लाख चार हजार २९२ जना आवेदकले २० कित्ता शेयर प्राप्त गरेका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनको उपस्थितिमा मन्त्रालयमा उक्त आईपिओ शेयर बाँडफाँड गरिएको हो । 

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार कूल ६७ वटा आवेदन रद्ध भएको छ । जसमध्ये दोहोरो आवेदन गरेका कारण १९ आवेदकबाट परेको ३८ र संस्थागत आवेदनबाट परेको २९ वटा आवेदन पनि रद्ध भएको हो । आईपिओमा एक लाख ५४ हजार ५५९ आवेदनबाट ६ करोड ४५ लाख ५२ हजार ९०० कित्ताको आवेदन परेको थियो । आईपिओबाट कम्पनीले ६४ करोड ५५ लाख २९ हजार रुपैयाँ संकलन भएको छ । यस कम्पनीको आईपिओमा प्रधानमन्त्री केपी शर्मा ओलीले १० हजार कित्ता तथा ऊर्जामन्त्री वर्षमान पुनले एक हजार कित्ता शेयरको लागि आवेदन दिएका थिए ।
धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार प्रत्येक आवेदकलाई २० कित्ताका दरले समानुपाति रुपमा सबै एक लाख ५४ हजार ५५९ आवेदकलाई २० कित्ताका दरले ३० लाख ९१ हजार १८० कित्ता शेयर बाँडफाँड गरेर बाँकी रहेको पाँच लाख दुई हजार ६७० कित्ता शेयर ५० हजार २६७ जना आवेदकलाई गोलाप्रथाबाट थप १० कित्ता वितरण गरिएको हो ।

कम्पनीले कूल ३७ लाख ५ हजार कित्तामध्ये कर्मचारीलाई छुट्टाएर ३५ लाख ९३ हजार ८५० कित्ता शेयर निष्काशन गरेको थियो । नुवाकोट र रसुवामा निर्माणाधीन ३७ मेगावाट क्षमताको माथिल्लो त्रिशुली–३ ‘बी’ जलविद्युत आयोजनाले ‘जनताको जलविद्युत कार्यक्रम’ अन्तर्गत पहिलो कम्पनीको रुपमा शेयर निष्काशन गरेको हो । पहिलो चरणमा १० प्रतिशत बराबरको ३ करोड ७० लाख ५० हजार रुपैयाँ बराबरको ९३ लाख ७० हजार ५०० कित्ताको लागि मात्र शेयर माग गरिएको हो । बाँकी रकम आयोजनाको भौतिक प्रगति ७५ प्रतिशत पूरा भएपछि दोस्रो चरणमा माग गर्नेछ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।