logo

उपेन्द्रको प्रस्ताव रोकेको भन्दै मसालले दियो प्रधानमन्त्रीलाई धन्यवाद

    1412   पटक पढिएको

९ पुष  / अर्थ र व्यापार - नेपाल कम्युनिस्ट पार्टी (मसाल) ले समाजवादी पार्टी (सपा) का अध्यक्ष उपेन्द्र यादवको संविधान संशोधनसम्बन्धी प्रस्ताव रोकेर प्रधानमन्त्री केपी शर्मा ओलीले उपयुक्त निर्णय लिएको भन्दै त्यसको सराहना गरेको छ ।

यादवले यसअघिको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधन प्रस्ताव राख्न खोजेपछि प्रधानमन्त्री ओलीले रोकेका थिए । प्रधानमन्त्रीले प्रस्ताव रोकेपछि यादवसहित समाजवादी पार्टीका मन्त्रीले राजीनामा दिँदै सरकार छाडिसकेका छन् । लगत्तै मसालले विज्ञप्तिमार्फत प्रधानमन्त्रीलाई धन्यवाद दिएको हो ।

मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा हस्तक्षरित विज्ञप्तिमा भनिएको छ, ‘यादवले मन्त्रीमण्डलमा लगेको प्रस्ताव प्रधानमन्त्रीले अस्वीकार गरेका थिए, त्यसका लागि ओलीलाई धन्यवाद दिन्छौं ।’

मसालले राष्ट्रिय जनता पार्टी (राजपा)का संविधन संशोधनसम्बन्धी प्रस्तावलाई अस्वीकार गर्ने आशासमेत व्यक्त गरेको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।