२९ श्रावण / अर्थ र व्यापार- हेलिकप्टरको पछाडिको पंखाले लाग्दा हुम्लाको हिल्सामा एक भारतीय नागरिकको मृत्यु भएको छ ।
मानसरोवर कैलास यात्राका लागि हुम्लाको सिमिकोट एयरपोर्टबाट हिल्साको हेलिप्याड जाने क्रममा मनाङ एयरको हेलिकप्टरको पंखाले काट्दा भारतको महाराष्ट्रका नागरिक नगेन्द्रकुमार कार्तिक मेहताको मृत्यु भएको प्रहरीले जनाएको छ । मेहता नेपालको एक्स्प्लोर कैलास ट्रेक बाट मानसरोबर गएका हुन ।
हिल्सामा हेलिकप्टर ल्याण्ड भइसकेपछि ओर्लिने क्रममा मेहता अगाडि जानुपर्ने ठाउँमा पछाडितिर गएका थिए । गलत दिशातिर जाँदा हेलिकप्टरको पछाडिको पंखाले उनलाई लागेको थियो । प्रहरीका अनुसार पंखाले लाग्दा उनको मृत्यु भएको हो । हेलिकप्टरको पनि पछाडिको भाग पूर्ण रुपमा क्षति भएको छ । घटनापश्चात प्रहरीले हेलिकोप्टरका कर्मचारीहरुलाई सोधपुछका लागी लगेको स्थानिय पेम्बा ताञ्जाङले वताए ।
तपाईको प्रतिक्रिया