logo

स्थानीय तहमा बजेट दुरुपयोगको उच्च जोखिम, नियमन गर्ने संयन्त्रको अभाव

    1764   पटक पढिएको

१७ आषाढ/अर्थ र व्यापार– नियमन गर्ने संयन्त्र नहुँदा स्थानीय तहमा विनियोजित बजेट आर्थिक बर्षको अन्तिममा आएर दुरुपयोग हुने संभावना बढेको छ।
स्थानीय तहले गर्ने खर्च नियमन गर्ने संयन्त्र नहुनु र  स्थानीय तहमा विनियोजित बजेट आर्थिक वर्षको अन्तिम सम्म आधा पनि खर्च नहुनुले आर्थिक बर्षको अन्तिममा आएर जथाभावी रुपमा खर्च भई दुरुपयोग हुने संभावना बढेको हो। 

स्थानीय तहलाई केन्द्र सरकारले ४ किसिमका अनुदान उपलब्ध गराउने संवैधानिक व्यवस्था भए पनि उनीहरुको खर्चमा कडाई गर्ने अधिकार संघीय सरकारलाई छैन। जसका कारण स्थानीय तहहरु आफूले रोजेका ठाउँमा खर्च गर्न स्वतन्त्र छन्। शशर्त अनुदान खर्चमा सीमा भए पनि वित्तीय समानीकरण अनुदानमा भने केन्द्रको कुनै हस्तक्षेप हुँदैन।

स्थानीय तहलाई चालु आर्थिक वर्षमा शशर्त र वित्तीय समानीकरण अनुदानका रुपमा पठाइएको २ अर्ब २५ करोड रुपैयाँमध्ये जेठ मसान्तसम्मा त्यसको आधा पनि खर्च नभएको अनुमान अर्थ मन्त्रालयले गरेको छ ।

असार १० गते आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्ने क्रममा स्थानीय तहले चालु वर्षको बचत बजेट कम देखाएको भेटिएकाले असारमा अधिक खर्चको संभावना देखिएको हो। 

अर्थ मन्त्रालयको अन्तर्सरकारी वित्त व्यवस्थापन महाशाखा प्रमुख हरिप्रसाद बस्याल खर्च गर्न नसकेको पैसा ’फ्रिज’ नहुने भएकाले आउँदो वर्ष त्यो बजेट सदुपयोग गर्न सकिने तर यो वर्ष नै सबै सक्छु भन्ने हो भने बजेट दुरुपयोग हुन सक्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।