२५ जेठ / अर्थ र व्यापार-सडक विस्तार र एकीकृत जाँच चौकीसँगै जग्गाको भाउ कठ्ठाको डेढ करोड पुगेको छ । एकीकृत जाँच चौकी अगाडीदेखि पद्मरोडसम्मको जग्गाको भाउ एकाएक बढेको हो ।
केही वर्ष पहिले यो क्षेत्रको जग्गाको मूल्य कठ्ठाको तीन लाखमा पाइन्थ्यो ।
6वीरगञ्जमा ६ लेनको सडक र एकीकृत जाँच चौकी बन्ने भएपछि जग्गाको भाउ आकासिएको छ ।
सडक र पूर्वाधारले जग्गाको भाउ केही महिनामै दोब्बर भन्दा बढी भएको छ । सडक फराकिलो हुने भएपछि होटलदेखि पेट्रोलपम्मसम्म खोल्ने प्रतिस्पर्धा सुरु भएको छ । सुख्खा बन्दरगाह पूर्वमा वाटिका इन्टरनेशनल होटल निर्माण भइरहेको छ ।
तपाईको प्रतिक्रिया