logo

कुलेखानी तेस्रो जलविद्युत् आयोजनाको काम लक्ष्यभन्दा ७ वर्ष ढिला

    1029   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार  - मकवानपुरमा निर्माणाधीन १४ मेगावाटको कुलेखानी तेस्रो जलविद्युत् आयोजना पुसमा परीक्षण उत्पादन गर्ने भनिए पनि आयोजनाको काम अझै सकिएको छैन । अन्तिम चरणमा पुग्दा पनि कामको गति सुस्त भएपछि आयोजनाले परीक्षण उत्पादनको नयाँ मिति तय गर्नसमेत सकेको छैन । नेपाल विद्युत प्राधिकरणले बनाइरहेको यो आयोजना बनाउन लक्ष्यभन्दा ७ वर्ष ढिला भइसकेको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ अबको केही महिनाभित्रै कुलेखानी तेस्रोलाई सञ्चालनमा ल्याउने गरी काम भइरहेको बताउँछन् । चिनियाँ ठेकेदारले टेर्दै नटरेरेपछि चिनियाँ दूतावासमार्फत कुटनीतिकरुपमै पहल गरेर आयोजनामा जिम्मेवार भएर काम गर्न ठेकेदारमाथि दबाव सिर्जना गरियो । चिनियाँ कम्पनी चे जियाङ जिल्लुनले अहिले इलेक्ट्रो मेकानिकल अन्तरगतको काम गरिरहेको छ । कुलमान घिसिङ प्राधिकरणको कार्यकारी निर्देशक भएर आएपछि आयोजनालाई गति दिन प्रयत्न गरे पनि उनी सफल भएका छैनन् ।

पछिल्लो समयमा ऊर्जामन्त्री वर्षमान पुन आफैंले पनि कुलेखानीको चिनियाँ ठेकेदारलाई काम छिटो गर्न दबाव दिन विभिन्न स्तरमा पहल गरेका थिए । तर, कामको गति अझै सुस्त हुँदा नयाँ वर्षमा पनि आयोजनाले परीक्षण उत्पादन गर्ने र नगर्ने अझैसम्म टुंगो लाग्न सकेको छैन ।आयोजनाका प्रमुख सुवास मिश्र सकेसम्म वैशाखभित्र काम सकिने गरी आयोजनामा इलेक्ट्रोमेकानिलक जडानको काम भइरहेको बताउँछन् । सन् २०११ मै उत्पादन थाल्नुपर्ने आयोजना निर्माणमा चिनियाँ कम्पनीको कछुवा गति हाल पनि जारी छ ।

यो कामको जिम्मा चिनियाँ कम्पनीले पाए पनि काम भने स्वदेशकै हुलास इञ्जिनियरिङ एन्ड कन्स्ट्रक्सनले गरिरहेको छ । चे जियाङ जिल्लुनसँग आपसी मेलमिलापमा सहायक ठेकेदारका रुपमा उक्त आयोजनामा हुलासको ‘इन्ट्री’ भएको हो । तर, सहायक ठेकेदार नियुक्तिका लागि प्राधिकरणसँग अनुमति लिनुपर्ने प्रावधान मिचिएको छ । अहिले ऊर्जामन्त्रीसहित प्राधिकरणको नेतृत्व र आयोजना प्रमुखको संयुक्त दबावका कारण कुलेखानीको अड्किएर बसेको काम सम्पन्न हुने चरणमा पुगेको छ । तर, परिणाम आउन अझै केही महिना लाग्ने देखिएको छ । यो आयोजनाको सिभिलतर्फ ९९ प्रतिशत काम सकिएको छ । आयोजनाको शुरुको लागत अढाइ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । निर्माण अवधि लम्बिँदा साढे चार अर्ब रुपैयाँभन्दा बढी खर्च हुने अनुमान छ ।

कुलेखानी बाँधबाट ६० मेगावाटको कुलेखानी प्रथम र दोस्रो सञ्चालनमा छन् । पहिलो आयोजनाबाट निस्केको पानी दोस्रोमा पठाएर ३२ मेगाबाट उत्पादन भइरहेको छ । दोस्रोबाट निस्केको पानी तेस्रोमा र्पुयाएर १४ मेगावाट उत्पादन गरिनेछ । प्राधिकरणको तत्कालीन व्यवस्थापन कमजोर भएकाले पनि सुरुबाटै आयोजना समस्या फसेको आयोजनाका अधिकारीहरुको भनाइ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।