logo

प्रभावकारी अनलाइन प्रणाली, १ महिना नबित्दै महानगरले साढे ५ करोड राजश्व उठायो

    1124   पटक पढिएको


२१ असोज/अर्थ र व्यापार– काठमाडौं महानगरपालिकाले असोज १ गतेदेखि सुरु गरेको राजस्व निर्धारण तथा संकलन अनलाइन प्रणाली प्रभावकारी देखिएको छ । 

अनलाइन प्रणाली मार्फत एक महिना नबित्दै काठमाडौं महानगरपालिकाले पाँच करोड ५० लाख रुपैयाँ राजश्व असुल गर्न सफल भएको छ । अनलाइन प्रणालीको विकास सांग्रिला इन्फरमेटिक्सले गरेको हो ।

कामपाले शुरुआती चरणमा १० वटा वडाबाट सुरु गरेको अनलाइन प्रणाली यही १३ गतेदेखि सबै वडाबाट सञ्चालनमा ल्याइएको थियो । कामपाको सबै वडामा अनलाइन प्रणाली सञ्चालनमा आएपछि सेवाग्राहीलाई पनि सहज भएको छ ।

राजस्व संकलनमा पारदर्शी नभएको आरोप खेप्दै आएको कामपालाई अनलाइन प्रणाली सञ्चालनमा आएपछि राजस्व संकलन कार्यमा भएको प्रभावकारीता नै आरोपको जवाफ भएको कामपा राजस्व विभागका निर्देशक शिवराज अधिकारीले बताए ।

अनलाइन कर प्रणालीमा पब्लिक र कोर पोर्टल गरी दुईवटा प्लेटफर्म रहेका छन् । सेवाग्राहीले पब्लिक पोर्टलका फिचर प्रयोग गर्न सक्छन् । पब्लिक पोर्टलका फिचर मार्फत करदाताले महानगरलाई बुझाउनुपर्ने करको प्रारम्भिक मूल्यांकन आफैंले घरमै बसेर गर्न सक्ने सुविधा छ । 

करदातासँग सम्बन्धित र सोधिएका र माग गरिएका विवरण भरेपछि प्रणाली आफैंले करको प्रारम्भिक मूल्यांकन गरी तिर्नुपर्ने राजस्वको अंक देखाउँछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।