logo

कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग उपयुक्त , जापानी टोलीद्वारा प्रारम्भिक अध्ययन सुरु

    1081   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार -काठमाडौंको कोटेश्वरमा ट्राफिक जाम सुधार गर्नका लागि अध्ययन थालिएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा दुई साता अघिबाट जाम सुधारको लागि  प्रारम्भिक अध्ययन थालिएको हो । ७ जना प्राविधिक सहितको टोलीले अध्ययन गरिरहेको छ । 

काठमाडौंको शहरी सडकमा ट्राफिक सुधार गर्नका लागि इन्टरसेक्सनको अध्ययन भैरहेको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केशव कुमार शर्माले जानकारी दिए । बानेश्वर, कोटेश्वर, महाराजगंज लगायतका स्थानहरुमा यस्तो अध्ययन गर्न लागिएको हो । इन्टरसेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्पसहितको अध्ययन भैरहेको उनले जानकारी दिए । यसमध्ये पहिलो प्राथमिकतामा कोटेश्वरलाई राखिएको छ ।

आगामी एक महिनामा जापानी टोलीले प्रतिवेदन तयार पार्ने छ । प्रतिवेदन तयार भएपछि सुरुङमार्ग, फ्लाईओभर, अण्डरपास के बनाउन उपयुक्त हुन्छ त्यसका आधारमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर निर्माण प्रकृया अघि बढाउने शर्माले बताए । कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग नै उपयुक्त हुने देखिएको छ । तीनकुने जडिबुटी तथा चक्रपथको केहि अंश पर्ने यो क्षेत्रमा सुरुङमार्ग बनाउँदा उपयुक्त हुने महाशाखाको भनाई छ । कोटेश्वर क्षेत्रमा पर्ने कोटेश्वर–जडिबुटी तथा चक्रपथको केही भागलाई जोड्ने सतहमा सवारीसाधन नगुड्ने गरी  सुरुङमार्ग बनाउने योजना बनाइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सुरुङमार्ग निर्माण उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यो सुरुङमार्ग बनाउनका लागि जाइकाले चासो देखाएकाले अध्ययनपछि  थप छलफल हुने शर्माले जानकारी दिए । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा घण्टौसम्म हुने गरेको जाम हट्ने अपेक्षा गरिएको छ । अन्य स्थानमा पनि अध्ययन प्रतिवेदनमा विकल्प सहित आउने भएकाले सो आधारमा अघि बढ्ने तयारी गरिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।