logo

कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग उपयुक्त , जापानी टोलीद्वारा प्रारम्भिक अध्ययन सुरु

    1336   पटक पढिएको

६ फागुन /अर्थ र व्यापार -काठमाडौंको कोटेश्वरमा ट्राफिक जाम सुधार गर्नका लागि अध्ययन थालिएको छ । जापानी अन्तराष्ट्रिय सहयोग नियोग (जाइका) को सहयोगमा दुई साता अघिबाट जाम सुधारको लागि  प्रारम्भिक अध्ययन थालिएको हो । ७ जना प्राविधिक सहितको टोलीले अध्ययन गरिरहेको छ । 

काठमाडौंको शहरी सडकमा ट्राफिक सुधार गर्नका लागि इन्टरसेक्सनको अध्ययन भैरहेको विकास सहायता कार्यान्वयन महाशाखा प्रमुख केशव कुमार शर्माले जानकारी दिए । बानेश्वर, कोटेश्वर, महाराजगंज लगायतका स्थानहरुमा यस्तो अध्ययन गर्न लागिएको हो । इन्टरसेक्सनहरुमा ट्राफिक सुधार गर्न के गर्न सकिन्छ भनेर विकल्पसहितको अध्ययन भैरहेको उनले जानकारी दिए । यसमध्ये पहिलो प्राथमिकतामा कोटेश्वरलाई राखिएको छ ।

आगामी एक महिनामा जापानी टोलीले प्रतिवेदन तयार पार्ने छ । प्रतिवेदन तयार भएपछि सुरुङमार्ग, फ्लाईओभर, अण्डरपास के बनाउन उपयुक्त हुन्छ त्यसका आधारमा विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) बनाएर निर्माण प्रकृया अघि बढाउने शर्माले बताए । कोटेश्वर–जडिबुटी खण्डमा सुरुङमार्ग नै उपयुक्त हुने देखिएको छ । तीनकुने जडिबुटी तथा चक्रपथको केहि अंश पर्ने यो क्षेत्रमा सुरुङमार्ग बनाउँदा उपयुक्त हुने महाशाखाको भनाई छ । कोटेश्वर क्षेत्रमा पर्ने कोटेश्वर–जडिबुटी तथा चक्रपथको केही भागलाई जोड्ने सतहमा सवारीसाधन नगुड्ने गरी  सुरुङमार्ग बनाउने योजना बनाइएको छ ।

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको सुरक्षा संवेदनशीलतालाई समेत ध्यानमा राख्दै सुरुङमार्ग निर्माण उपयुक्त हुने निष्कर्ष निकालिएको छ । यो सुरुङमार्ग बनाउनका लागि जाइकाले चासो देखाएकाले अध्ययनपछि  थप छलफल हुने शर्माले जानकारी दिए । सुरुङमार्ग निर्माणपछि कोटेश्वरमा घण्टौसम्म हुने गरेको जाम हट्ने अपेक्षा गरिएको छ । अन्य स्थानमा पनि अध्ययन प्रतिवेदनमा विकल्प सहित आउने भएकाले सो आधारमा अघि बढ्ने तयारी गरिएको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।