७ मंसिर / अर्थ र व्यापार- किष्ट बैंकका तत्कालिन नायव महाप्रबन्धक बीएन घर्ती पक्राउ परेका छन । बैंकिङ कसुरको अभियोगमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी)को टोलीले बिहीबार उनलाई नियन्त्रणमा लिएको व्युरोले जनाएको छ । सो प्रकरणमै प्रवीण श्रेष्ठ पनि पक्राउ परेका छन् ।
यसअघि व्यूरोले गत असोज १९ गते भारतबाट बैंकका तत्कालीन सिइओ कमल ज्ञवालीलाई पक्राउ गरेको थियो । ज्ञवालीले कमसल धितो राखी १४ करोड रुपैयाँ घोटाला गरिएको अदालतले ठहर गरेको थियो । ज्ञवालीको बयानको आधारमा नै घर्ती र श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।
पुनरावेदन अदालत पाटनले बैंकिङ कसुरको अभियोगमा तत्कालीन किष्ट बैंकका प्रबन्ध सञ्चालक सहित आठ जनालाई कैद र जरिवानाको फैसला गरेको थियो । नेपाल राष्ट्र बैंकले दायर गरेको मुद्दामा तत्कालीन प्रबन्ध सञ्चालक ज्ञवालीलाई चार वर्ष कैद र १५ करोड जरिवाना तिराउने फैसला गरेको हो । तत्कालिन किष्ट बैंक प्रभु विकास बैंकसंग मर्जर भई हाल प्रभु बैंक बनेको छ ।
तपाईको प्रतिक्रिया