logo

कैलाश यात्रामा सिन्डिकेट लगाउने तयारी, नेपाली व्यवसायीहरु संकटमा

    1570   पटक पढिएको

४ मंसिर / अर्थ र व्यापार- चीनको तिब्बतस्थित कैलाश मानसरोवरको यात्रा सञ्चालन गर्ने नेपाली ट्राभल व्यवसायीहरु संकटमा परेका छन । चीनको तिब्बतस्थित कैलाश मानसरोवर जानका लागि भारतीय पर्यटकलाई रकम बढाएसँगै नेपाली पर्यटन व्यवसायी चिन्तित बनेका छन् ।

नेपालको हुम्ला–सिमिकोट र रसुवाको केरुङ र ल्हासा हुँदै कैलाशयात्राका लागि जाने भारतीय पर्यटकलाई चीनको फरेन एक्सचेन्ज सेन्टरले एक्कासि ठूलो मात्रामा रकम वृद्धि गरेपछि नेपाली व्यवसायीहरु संकटमा परेका हुन । सेन्टरले भारतीय पर्यटकलाई केरुङ नाकावाट प्रवेश गर्दा वीस जना भन्दा कम भएमा १ हजार पचासी डलर रहेकोमा वृद्धि गरि एकैपटक तीन हजार छ सय असी डलर पु¥याएको छ । त्यसका साथै व्यवसायीहरुले लागि शुरुमा नै पचास हजार–पचास हजार गरि एक लाख अमेरिकी डलर धरौटी राख्नुपर्ने व्यवस्था समेत सेन्टरले गरेको छ । विदेशमा धरौटी राख्ने काम नेपालको कानूनले नदिएको कारण पनि व्यवसायमा संकट बढेको हो । सेन्टरले अन्य स्थानमा प्रतिव्यक्ति ७८३ अमेरिकी डलर सम्म रकम वृद्धि गरेको छ ।

नेपालका पर्यटन व्यवसायीले हाल भारतीय पर्यटकलाई केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ३० हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा दुई लाख ३० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा एक लाख ७० हजार भारतीय रुपैँया लिँदै आएको थियो । चीनको फरेन एक्सचेन्ज सेन्टरले कैलाश जानका लागि रकम बढाएसँगै केरुङको बाटो हुँदै कैलाश पठाउँदा एक लाख ८५ हजार भारतीय रुपैँया, ल्हात्साको बाटो हुँदै कैलाश पठाउँदा तीन लाख १० हजार भारतीय रुपैँया र हुम्ला–सिमिकोट हुँदै कैलाश पठाउँदा दुई लाख ६० हजार भारतीय रुपैँया तिनुपर्ने भएपछि व्यवसायीहरु समस्यामा परेका हुन् ।

अर्कोतर्फ सेन्टरले तीन वटा ट्राभल एजेन्सिमार्फत मात्र नेपाली कम्पनीहरुले काम गर्न पाउने गरि सिन्डिकेट लगाउने प्रयास गरेपछि कैलाश यात्रा सञ्चालन गर्ने अन्य ३० वटा कम्पनीहरु समस्यमा परेका छन ।

भारतबाट नेपाल हुँदै वार्षिक २० हजार पर्यटक कैलाश जाने गरेका छन् । नेपाली भने वर्षको एक हजार हाराहारीमा कैलाश मानसरोवर धार्मिक यात्रामा निस्कने गरेको तथ्यांक छ । चीनको फरेन एक्सचेन्ज सेन्टरले हाल कैलाश पठाउँदै आएका ३४ टुर्स कम्पनीमध्ये १० वटामात्र कम्पनीले कैलाशयात्राका लागि पठाउन पाउने व्यवस्था गरेपछि झन समस्या बढेको हो । कैलाशयात्राका लागि यात्रामा गएका पर्यटक आफू फर्कने समयभन्दा अगाडि फर्कन चाहेमा दिनको १०० अमेरिकी डलर र पठाउने कम्पनीले सानातिना कमजोरी गरेमा १० हजार अमेरिकी डलरसम्म सजाय दस्तुर तिनुपर्ने बाध्यकारी परिस्थिति बनाइएको छ ।

तिब्बतको फरेन एक्सचेन्ज सेन्टरले नेपालको ओझा होलीडेज प्रा.लि, एक्सप्लोर भ्याकेशन प्रा.लि.र कैलाश जर्नीज प्रा.लि.र नमस्ते होलिडेज प्रा.लि.सँग मात्र कैलाशयात्राका लागि सम्झौता गरेको छ । यसले गर्दा सेन्टरले नेपालमा सिन्डिकेट लगाएको कैलाश यात्रा सञ्चालक व्यवसायीहरु वताउँछन ।

चार व्यवसायी कम्पनीले कैलाशयात्रा संघमा आबद्ध अरु व्यवसायी कम्पनीसँग छलफल नै नगरी चीनको फरएन एक्सचेन्ज सेन्टरसँग सम्झौता गरेपछि संघले ती चार कम्पनीलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । कैलाशयात्राका लागि भारतीय पर्यटकका लागि नेपाली व्यवसायीले साझेदारका रूपमा चीनको फरेन एक्सचेन्ज सेन्टरसँग काम गरेका थिए । शुरुका दिनमा चीनको चाइना–इण्डिया पिलग्रिम्स सेन्टरसँग काम गरेका नेपाली व्यवसायीले उक्त सेन्टरले राम्रो सेवा प्रदान गर्न नसकेपछि फरेन एक्सचेन्ज सेन्टरसँगको साझेदारीमा काम गरेका थिए ।

सेन्टरले २० औँ वर्षदेखि कैलाशयात्रामा पठाउँदै आएका नेपाली व्यवसायीलाई निर्वाधरूपमा व्यवसाय गर्नपाउने अधिकारबाट वञ्चित गरेपछि नेपाली व्यवसायीले कूटनीतिक पहलमार्फत सहज ढंगले व्यवसाय गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निकायलाई आग्रह गरेका छन् । कैलाशयात्रा संघले हिजो मंगलबार धार्मिक पर्यटकको नाममा एक्कासि ठूलो रकम बढाएको भन्दै चीन सरकारसँग समन्वय गरी रकम कम गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यानमन्त्री योगेश भट्टराईलाई ज्ञापनपत्र बुझाएका छन् । 

यसै विषयमा सेन्टर संग वार्ता गर्नका लागी कैलाश यात्रा सञ्चालक संघका अध्यक्ष नारायण पोखरेल सहित दश जना व्यवसायीहरुको टोली तिव्वत प्रस्थान गरेको छ । टोलिले नेपालमा रहेका सम्पूर्ण कैलाश यात्रा सञ्चालकहरुलाई कैलाश यात्रा सञ्चालनको अनुमति दिन अनुरोध गर्ने संघका जिम्मेवार पदाधिकारीले वताए । 

संघले मन्त्री भट्टराईलाई ज्ञापन पत्र बुझाएपनि यस विषयमा हालसम्म मन्त्रालयले कुनै कुटनितिक र अन्य पहलहरु गरेको छैन ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।