logo

ज्योति लाइफ इन्स्योरेन्सद्वारा चालु आर्थिक वर्षमा ३० करोड ९१ लाख रुपैयाँ बीमा शुल्क आर्जन 

    1057   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - ज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले खुद बीमा शुल्क अघिल्लो आवको सोही अवधिमा २ करोड ९२ लाख रहेकोमा ९५७ प्रतिशत वृद्धी गर्दै ३० करोड ९१ लाख रुपैयाँ आर्जन गरेको छ । वित्तीय विवरण अनुसार व्यवसाय विस्तारमा उल्लेख्य सफलता हासिल गरेको देखिन्छ ।

कम्पनीले प्रकाशन गरेको विवरण अनुसार अन्य वित्तीय सूचकाङ्कहरु अध्ययन गर्दा दोश्रो त्रैमासमा कम्पनीले अल्पकालीन लगानीको सट्टा दिर्घकालीन लगानीलाइ जोड दिएको कारणले दिर्घकालीन लगानीमा ८५ प्रतिशत वृद्धी भएको तथा अल्पकालीन लगानीमा कमी आएको देखिन्छ । दिर्घकालीन लगानीमा जोड दिनुलाइ पनि दूरदर्शी रणनीतिको रुपमा लिन सकिन्छ । अघिल्लो आवको सोही अवधिमा तुलनामा चालु आवको दोश्रो त्रैमासको अन्त्य सम्ममा कम्पनीको जगेडा कोष ९१ प्रतिशतले वृद्धी भएर १७ करोड १८ लाख रूपैयाँ पुगेको छ । गत आवको पुसमा ८ करोड ९९ लाख रहेको थियो ।
गत आवको दोश्रो त्रैमासमा जीवन बीमा कोषमा शुन्य रकम रहेकोमा यस त्रैमासमा ३२ करोड ८९ लाख रुपैयाँ रहेकोले कम्पनीको जीबन बीमा कोष मजबुत बन्दै गएको छ । कम्पनीको व्यवस्थापन खर्चमा भएको वृद्धीको कारणले खुद मुनाफामा भने गिरावट आएको छ । चालू आवको दास्रो त्रैमासमा ६ करोड ४४ रुपैयाँ मुनाफा आर्जन गरेका छ । गत वर्ष पुस मसान्तमा कम्पनीले ८ करोड २ लाख खुद नाफा आर्जन गरेको थियो। कम्पनीको अभिकर्ता कमिशनमा पनि ठूलै रकम ६ करोड ७५ लाख खर्च भएको छ । एक अर्ब ५४ करोड चुक्त्ता पूँजी रहेको प्रतिशेयर आम्दानी ८ रूपैरयाँ ३७ पैसा रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले ३ वटा दाबी वापत १९ लाख ३२ हजार रुपैयाँ भुक्तानी गरेको छ । अन्य दाबी भुक्तानी गर्न बाँकी छैन । कम्पनीले छोटो अवधिमा देशैभरि ९६ वटा शाखा सञ्जाल विस्तार गरि सेवा विस्तारको लागि बलियो आधार स्तम्भ तयार गर्न कम्पनी सफल भएको छ भने नेपालको जीबन बीमा क्षेत्रमा आकर्षक तथा प्रतिस्पर्धी योजनाहरु जारी गरी बीमितहरुलाइ अझ बढी सेवा सुविधा प्रदान गर्ने लक्ष्य कम्पनीको रहेको छ । समग्र सुचकाङ्कहरुको विश्लेषण गर्दा कम्पनीले आगामि दिनमा अझ बढी प्रगति गर्न सफल भइ जीबन बीमा क्षेत्रमा एक स्थापित कम्पनीको रुपमा आफुलाइ उभ्याउने तर्फ अग्रसर हुने विश्लेषण गर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।