logo

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्नका लागि ५० लाख सहयोग

    1201   पटक पढिएको

८ फागुन /अर्थ र व्यापार - चिडियाखानामा शैक्षिक श्रव्यदृष्य केन्द्र स्थापना गर्नका लागि नेपाल इन्भेष्टमेन्ट बैंकले सहयोग गर्ने भएको छ । प्राकृतिक संरक्षण कोषलाई ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’ स्थापना गर्नका लागि बैंकले ५० लाख रुपैयाँ सहयोग गर्ने भएको हो ।

केन्द्रको आवश्यकता रहेको भन्दै बैंकले सहयोग गरेको हो । बैंकको आर्थिक सहयोगले केन्द्रीय चिडियाखानामा आगन्तुकहरूको सिकाइका अनुभव र समग्र वन्यजन्तुको व्यवस्थापनमा सुधार गर्ने प्राकृतिक संरक्षण कोषले जनाएको छ । चिडियाखानाले अन्तक्र्रियात्मक सञ्चार विधि (इन्ट्रयाक्टिभ मिडिया), श्रव्य–दृष्य प्रणाली, जैविक तथ्यहरू (बायो फ्याक्ट्स), संरक्षित आखेटोपहार (नमुनाहरू) लगायतका विधिमा परिस्कृत गर्दै लाने जनाएको छ ।

फागुन ७ गते जावालाखेल स्थित चिडियाखानामा ‘फिल्ड मार्शल सर जोन च्यापल शैक्षिक केन्द्र’को समुद्घाटन् भयोे । उक्त समारोहमा वन तथा वातावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका अध्यक्ष शक्तिबहादुर बस्नेतले केन्द्रको उद्घाटन गरेका हुन् । यस्तै नेपालका लागि बेलायती राजदूत महामहिम रिचार्ड मोरिसले सर जोन च्यापलको प्रतिनिधित्व समेत रहेको थियो । बैंकले व्यावसायिक उत्तरदायित्व रणनीतिअन्तर्गत आफ्ना पहलहरूको पहुँचलाई विविधीकरण गर्नका लागि स्थानीय समुदायसँग सहकार्य गर्दै आएको छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।