१७ आषाढ / अर्थ र व्यापार- पछिल्लो समय नेपाल उडान गर्ने केहि अन्तर्राष्ट्रिय एयरलाईन्स कम्पनीहरुमा होल्डिङ तथा फेयर कार्टेलिङ को समस्या देखिएको भन्दै पर्यटन मन्त्रालयमा उजुरी परेको अर्थ र व्यापारलाई जानकारी प्राप्त भएको छ ।
उजुरीमा नेपाल उडान भर्ने केहि एयरलाईन्स कम्पनीका कन्ट्रि म्यानेजर र नेपालस्थित केहि ट्राभल कम्पनीका सञ्चालकहरुको मिलोमतो र कमिसनको आधारमा अन्तर्राष्ट्रिय टिकेटिङमा सिन्डिकेट खडा गरिएको उल्लेख छ ।
केहि अन्तर्राष्ट्रिय एयरलाईन्सहरुमा यसरी सिन्डिकेट र होल्डिङको समस्याले गर्दा एकतर्फि भाडामा नै करिव २० हजार वा त्यो भन्दा बढिको अन्तर देखिने गरेको अर्थ र व्यापारलाई जानकारी प्राप्त भएको छ ।
एयरलाईन्स कम्पनी र ट्राभल एजेन्सी सञ्चालकको मिलोमतोमा यस्तो सिन्डिकेट कायम गरिँदा अन्य ट्राभल एजेन्सी मर्कामा परेको र यात्रुहरुले अनावश्यक वढि भाडा तिर्नुपरेको उजुरीमा उल्लेख रहेको जानकारी अर्थ र व्यापारलाई प्राप्त भएको छ । उजुरीमा त्यस्ता ट्राभल एजेन्सी उपर छानबिन गर्न माग गरिएको पर्यटन मन्त्रालय स्रोतले अर्थ र व्यापारलाई वतायो ।
तपाईको प्रतिक्रिया