logo

राजस्व कार्यालय वीरगंजमा २०५८ सालदेखिको १ अर्ब कर बक्यौता

    1873   पटक पढिएको

८ असोज/अर्थ र व्यापार– करदाताले समयमै कर नतिर्दा आन्तरिक राजस्व कार्यालय वीरगंज पर्साले करिब १ अर्ब रुपैयाँ कर उठाउन बाँकी रहेको छ ।  

बि सं २०५८ सालअघिदेखि गत असारसम्मको तथ्यांक अनुसार कुल ९८ करोड बक्यौता पुगेको कार्यालयका सूचना अधिकारी एवं कर अधिकृत हृदयनारायण महतोले बताए ।

भ्याटतर्फ करिब ३ हजार करदाताबाट ५१ करोड १६ लाख र आयकरतर्फ ४ हजार ४ सय करदाताबाट ४७ करोड गरी कुल ९८ करोड बक्यौता असुल उपर गर्न बाँकी रहेको उनले जानकारी दिए ।

कर तिर्नबांकी करिब साढे ७ हजार करदातामध्ये करिब एक तिहाई करदाता भारतीय रहेको कार्यालयको विश्लेषण छ । यस हिसाबले २० करोड भन्दा बढी कर छली भारतीय नागरिकबाट भएको छ ।  

भारतीय नागरिकले आफन्त तथा व्यावसायिक फर्मका कर्मचारीको कागजात दुरुपयोग गरी फर्म खडा गर्ने, कर अनुसन्धानमा परेपछि कर नबुझाएर फरार हुने गरेकोे सूचना अधिकारी महतोले बताए । 

त्यसैगरी पुराना सरकारी संस्थान एवं अर्ध सरकारी कार्यालयहरुबाट पनि कर बुझाउन बाँकी रहेको महतोले बताए। वीरगंज चिनी कारखाना, नेपाल संस्थान लिमिटेड लगाएतले पनि कर तिरेका छैनन् । 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।