१९ माघ / अर्थ र व्यापार- आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा नाफा १२५ प्रतिशतले बढेको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म कम्पनीले १५ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको छ ।
अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ६ करोड ६५ लाख रुपैयाँ मात्र खुद नाफा गरेको थियो । दोस्रो त्रैमाससम्म आइपुग्दा कम्पनीको खुद बिमा शुल्क आम्दानी पनि बढेको सोमबार सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ । कम्पनीको प्रति सेयर आम्दानी वार्षिक २७ रुपैयाँ ७८ पैसा र प्रतिसेयर नेटवर्थ १६६ रुपैयाँ ९४ पैसा रहेको छ । कम्पनीले गत वर्ष ३० करोड ६२ लाख ६६ हजार रुपैयाँ खुद बिमा शुल्क आम्दानी गरेकामा अहिले बढेर ३६ करोड ३९ लाख रुपैयाँ पुगेको वित्तीय विवरणमा उल्लेख छ ।
कम्पनीको बिमा कोषको आकार ५३.१० प्रतिशतले बढेर ४३ करोड ५३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बिमा कोषमा २८ करोड ४३ लाख थियो । कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड १८ लाख रुपैयाँ छ । जगेडा कोषमा २८ करोड ८७ लाख ८९ हजार रुपैयाँ जम्मा भएको छ ।
तपाईको प्रतिक्रिया