logo

सबैभन्दा बढी आयकर बुझाउने आइएमई को–अपरेटिभ सम्मानित

    1630   पटक पढिएको

२० चैत / अर्थ र व्यापार- आइएमई को–अपरेटिभ सर्भिस लिमिटेड आर्थिक वर्ष २०७६÷०७७ मा नेपालका प्रारम्भिक सहकारी संस्थाहरू मध्ये सवैभन्दा बढी आयकर दाखिल गरेकोमा सम्मानित भएको छ । सहकारी विभागले ६४ औँ सहकारी दिवसका अवसरमा आयोजित एक विशेष कार्यक्रमका वीच आइएमई को–अपरेटिभलाई उक्त सम्मान प्रदान गरेको हो ।

भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री माननीय डा. शिवमाया तुम्बाहाम्फेले संस्थाको तर्फबाट अध्यक्ष योगेश्वर शर्मा ढकाललाई उक्त सम्मान प्रदान गरिन । सम्मान ग्रहण कार्यक्रममा आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अर्जुन शर्मा पौडेल तथा बोर्ड सचिव सागर ढकालको उपस्थिती रहेको थियो । 

सम्मान ग्रहणपछि अध्यक्ष ढकालले सरकारले सहकारीलाई आर्थिक क्षेत्रको एक मुख्य आधार स्तम्भको रुपमा स्वीकार गर्दै आइरहेको सन्दर्भमा आफ्नो संस्थाले कर मार्फत समग्र सहकारी उद्योगमै सबैभन्दा बढी आयकर दाखिल गरी राज्यलाई सहयोग गर्न पाएकोमा प्रशन्नता व्यक्त गरे । संस्थाका सम्पूर्ण शेयरधनी एवम् कर्मचारीहरूलाई यो सफलताको मूख्य श्रेय दिँदै अध्यक्ष ढकालले आगामी दिनमा संस्थाले आफ्नो पहिचानलाई अझै बढाउँदै लैजाने प्रतिवद्धता समेत व्यक्त गरे । 

काठमाडौंको कान्तिपथमा केन्द्रीय कार्यालय रहेको आइएमई को–अपरेटिभ सर्भिस लिमिटेडले देशभरका १५ वटा शाखा मार्फत सहकारी सेवा प्रदान गर्दै आइरहेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।