logo

आईएमई जनरल इन्स्योरेन्सको १ लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्रि हुने

    1092   पटक पढिएको

१२ फागुन /अर्थ र व्यापार - आईएमई जनरल इन्स्योरेन्सको हकप्रदमा अवितरीत शेयर लिलामीमा आउने भएको छ । इन्स्योरेन्सले हकप्रदमा अवितरित एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्नेछ । इन्स्योरेन्सले गत पुसमा चुक्ता पूँजीको ८० प्रतिशत अर्थात ४३ लाख २० हजार कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको थियो । जसमा रितपुर्वक आवेदन गर्ने २ हजार ८४२ जना शेयरधनीहरुलार्य ४२ लाख १७ हजार ६३६ कित्ता शेयर बाडँफाँड गरिएको छ ।

हकप्रदमा अवितरीत एक लाख २ हजार ३६४ कित्ता शेयर लिलामी मार्फत बिक्री गर्नेछ । हाल इन्स्योरेन्सको ५४ करोड रुपैयाँ चुक्ता पूँजी छ । हकप्रद समायोजन पछि कम्पनीको चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुग्नेछ । बीमा समितिले निर्देशन अनुसार कम्पनीले न्यूनतम चुक्ता पूँजी एक अर्ब रुपैयाँ कायम गर्न अझै २ करोड ८० लाख रुपैयाँ पूँजी वृद्धि गर्नेपर्नेछ ।

आईएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य दोस्रो बजारमा प्रतिकित्ता ४१० रूपैयाँको हराहारीमा कारोबार भैरहेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २६ करोड ४५ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरी ५ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यस अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी २१ रुपैयाँ ६९ पैसा, प्रतिशेयर नेटवर्थ १६५ रुपैयाँ ३४ पैसा र मूल्य आम्दानी अनुपात २०.८४ गुणा बढी छ ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तीनकुनेमा राजावादीको प्रदर्शन: प्रहरी र प्रदर्शनकारीबीच झडप, क्षणभरमै रणमैदान

काठमाडौंको तीनकुने क्षेत्रमा राजावादीहरूले तोकिएको घेरा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । अवस्था तनावग्रस्त भएको छ ।

नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण : विश्व बैंक

विश्व बैंकले नेपालको गरिबी निवारणमा रेमिट्यान्सको भूमिका महत्वपूर्ण रहेको जनाएको छ । यसैगरी, विश्व बैंकले नेपालले चरम गरिबी लगभग निवारण गरेको र गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको बताएको छ ।

सरकारले संसदमा दर्ता गर्यो सामाजिक सञ्जालसम्बन्धी विधेयक

सरकारले सामाजिक सञ्जालसम्बन्धी विधेयक संसदमा दर्ता गराएको छ । राष्ट्रिय सभामा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सो विधेयक संसदुमा दर्ता गराएका हुन् ।

स्वदेशी र विदेशी पर्यटकको आकर्षक गन्तव्य बन्दै रिभरफन बिच रिसोर्ट

चितवनको कुरिनघाटस्थित रिभरफन बिच रिसोर्टमा लगानी थपेर क्षमता विस्तार गरिएपछि रिसोर्ट एजुकेशन र एड्भेञ्चर हवको रुपमा विकास भएको छ । रिभरफन बिच रिसोर्ट, काठमाडौंवाट ९९ किलोमिटर दुरीमा

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।