logo

हायात होटलले प्रयोग गरेको जग्गाको विषयमा छानविन समितिले आज प्रतिवेदन बुझाउने

    1640   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - तारागाँउ विकास समिति मातहको तारागाँउ रिजेन्सी (हायात) होटलले सरकारी स्वामित्वको प्रयोग गरेको जग्गाको विषयमा अर्को छानविन समितिको प्रतिवेदन आउने भएको छ । यो होटलले सरकारी जग्गा दुरुपायोग गरेको र सार्वजनिक जग्गा व्यक्तिको नाममा बनाएको तथा होटलले न्यून भाडा बुझाएको विषयमा छानविन गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले बनाएको समितिले आज प्रतिवेदन बुझाउने भएको छ ।

आर्थिक न्युजलाई प्राप्त स्रोत अनुसार एक महिना अगाडि जम्मा एक साताको समय पाएको समितिले प्रतिवेदन बुझाउन एक महिना लगायो । पटक पटकको समय थप र प्रभाव तथा दबावका कारण प्रतिवेदन बुझाउन ढिलो भएको उल्लेख छ । प्रतिवेदनले होटलले कानुन विपरित र अव्यावहारिक ढंगले जग्गा कब्जा गरेको ठहर गरेको पनि उल्लेख छ । उक्त प्रतिवेदन आजै मन्त्री अर्याललाई बुझाउने गरी कार्यक्रम तय गरेको छानविन समितिले जानकारी दिएको छ । अर्यालले एक साताभित्र होटलको जग्गाको विषयमा यथार्थ विवरण पेश गर्ने गरी छानविन समिति बनाएको भएपनि एक महिनाको समय खर्च भएको छ ।
तारागाउँले भाडामा प्रयोग गरेको जग्गा र तारागाउँ विकास समितिले शेयर लगानीका रूपमा होटललाई दिएको जग्गाको यथार्थ विवरण पेश गर्ने गरी समिति गठन भएको उक्त प्रतिवेदन तयार गर्नमै पटक पटक लफडा लागेको र आन्तरिक रुपमा आएको समस्याका कारण समय लागेको उल्लेख छ ।

भूमि व्यवस्था तथा अभिलेख विभागका निर्देशक सम्मरबहादुर सिंह ठकुरीको संयोजकत्वमा चार सदस्यीय एक छानविन समिति भएको थियो। समितिका सदस्यमा नापी विभागको नापी अधिकृत युवराज आचार्य, भूमि व्यवस्था मन्त्रालयका शाखा अधिकृत केशव भट्टराई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक शाखा अधिकृत रहेका छन् । हायात होटलले ३०४ रोपनी जग्गामध्ये १५० रोपनी प्रतिरोपनी १० लाख रुपैयाँका दरले मूल्यांकन गरेर शेयर लगानी गरेको र बाँकी १४८ रोपनी जग्गा भाडामा प्रयोग गरेको छ ।सरकारी संस्था तारागाँउ विकास समितिको स्वामित्वको यो जग्गा कानून विपरित भाडामा लिएको र सरकारी जग्गा आफ्नो नाममा बनाएको विषयमा प्रश्न उठेपछि मन्त्रालयले छानविन समिति गठन गरेको हो ।

२०४९ सालमै भाडामा लिएको यो जग्गा मातलपोत ऐन विपरित रहेको र कुनै पनि सार्वजनिक जग्गा बिक्री गर्न नमिल्ने प्रावधानलाई पनि मिचेको प्रश्न उठेकोले यस विषयमा स्पष्ट पार्न मन्त्रालयले छानविन समिति गठन गरेको पनि उल्लेख छ । तारागाउँ होटलको विषयमा यस अघि तारागाउँ विकास समिति आफैंले, पर्यटन मन्त्रालयका सहसचिवको नेतृत्वमा एक समितिले पछि छानविन गरेको थियो । भर्खरै संसदको अन्तराष्ट्रिय सम्बन्ध समितिले चार महिना लगाएर तयार पारेको प्रतिवेदन अनुसार सरकारी जग्गा फिर्ता ल्याउन सरकारलाई निर्देशन पनि दिइसकेको छ ।

 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

महासंघको केन्द्रिय सदस्यमा सागर ढकालको उम्मेदवारी घोषणा

नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनमा स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सागर ढकालले वस्तुगत तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । अध्यक्ष ढकालले महासंघको वस्तुगत

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।