५ चैत्र/ अर्थ र व्यापार - गुँरास लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको नबौं वार्षिक साधारण सभा चैत्र २१ गते बानेश्वर ब्याङक्वेट, थापागाँउबाट सम्पन्न हुदैं छ ।
सभामा कम्पनीले ८ प्रतिशन बोनस शेयर र शुन्य दशमलव ४२१ प्रतिशत नगद लाभांश दिने साथै १ बराबर १ को अनुपातमा हकप्रद शेयर दिने भएको छ ।
उक्त लाभांश चैत्र ५ अर्थात आजसम्म कायम शेयरधनीले मात्र पाउने । जसको बुक क्लोज चैत्र ६ गतेदेखि २१ गतेसम्म बन्द रहनेछ ।
तपाईको प्रतिक्रिया