logo

सरकारी कर्मचारीलाई ७ महिनामा ५ अर्ब ६ करोड अतिरिक्त सुविधा भत्ता  

    1108   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता र अन्य भत्ता सहित गरेर सरकारी कर्मचारीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारी कर्मचारीले पाँच अर्ब ६ करोड रुपैयाँ अतिरिक्त सुविधा भत्ता बुझेका छन् ।

सात महिनामा सरकारी कर्मचारीले ४५ अर्ब ७४ करोड रुपैयाँ तलब सरकारबाट बुझेका छन् । कर्मचारीले तलबबाहेक बुझेको यो अतिरिक्त सुविधा रकम सात महिनामा वितरित कूल तलबको ११ प्रतिशत रकम हो । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर्मचारीले सबैभन्दा धेरै महँगी भत्ता लिएका छन् । सरकारी कर्मचारीलाई ३ अर्ब १३ करोड ३० लाख रुपैयाँ महँगी भत्ता उपलब्ध गराइएको छ । यसैगरी अन्य भत्ताका नाममा १ अर्ब ५३ करोड रुपैयाँ वितरण भएको कार्यालयले तयार गरेको विवरणमा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार स्थानीय भत्ताबापत कर्मचारीले ३९ करोड २३ लाख रुपैयाँ सरकारबाट बुझेका छन् । यो अवधिमा सबैभन्दा थोरै फिल्ड भत्ता कर्मचारीले बुझेका छन् । फिल्ड भत्तामा ५९ लाख रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले माघसम्ममा सरकारले वितरण गरेको तलब तथा भत्ताको विवरण तयार गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।