logo

सरकारी कर्मचारीलाई ७ महिनामा ५ अर्ब ६ करोड अतिरिक्त सुविधा भत्ता  

    1388   पटक पढिएको

३ फागुन /अर्थ र व्यापार - स्थानीय भत्ता, महँगी भत्ता, फिल्ड भत्ता र अन्य भत्ता सहित गरेर सरकारी कर्मचारीले चालु आर्थिक वर्षको पहिलो सात महिनामा सरकारी कर्मचारीले पाँच अर्ब ६ करोड रुपैयाँ अतिरिक्त सुविधा भत्ता बुझेका छन् ।

सात महिनामा सरकारी कर्मचारीले ४५ अर्ब ७४ करोड रुपैयाँ तलब सरकारबाट बुझेका छन् । कर्मचारीले तलबबाहेक बुझेको यो अतिरिक्त सुविधा रकम सात महिनामा वितरित कूल तलबको ११ प्रतिशत रकम हो । 

महालेखा नियन्त्रकको कार्यालयका अनुसार कर्मचारीले सबैभन्दा धेरै महँगी भत्ता लिएका छन् । सरकारी कर्मचारीलाई ३ अर्ब १३ करोड ३० लाख रुपैयाँ महँगी भत्ता उपलब्ध गराइएको छ । यसैगरी अन्य भत्ताका नाममा १ अर्ब ५३ करोड रुपैयाँ वितरण भएको कार्यालयले तयार गरेको विवरणमा उल्लेख गरिएको छ ।

कार्यालयका अनुसार स्थानीय भत्ताबापत कर्मचारीले ३९ करोड २३ लाख रुपैयाँ सरकारबाट बुझेका छन् । यो अवधिमा सबैभन्दा थोरै फिल्ड भत्ता कर्मचारीले बुझेका छन् । फिल्ड भत्तामा ५९ लाख रुपैयाँ खर्च भएको छ । महालेखा नियन्त्रकको कार्यालयले माघसम्ममा सरकारले वितरण गरेको तलब तथा भत्ताको विवरण तयार गरेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।