२४ फागुन /अर्थ र व्यापार – सरकार र सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनबीच सहमति भएको छ । डा.सीके राउत नेतृत्वको स्वतन्त्र मधेस गठबन्धनले राष्ट्रिय सभागृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा गृहमन्त्री रामबहादुर थापा बादल र राउतले सहमति पत्रमा हस्ताक्षर गरेका हुन् । सहमतिको पहिलो बुँदामा मुलुकको अखण्डता स्वीकार गरेका छन् भने सरकारले गठबन्धनका कार्यकर्ताहरुमाथि लागेको मुद्दा फिर्ता लिने भएको छ ।
हिजै मात्र सर्वाेच्च अदालतको आदेशपछि रिहा भएका सीके राउतले आज सरकारसँग राजनीतिक सहमति गरेका हुन् । पत्रकार सम्मेलनबाट पृथकतावादी गतिविधि गरिरहेका सीके राउतले अब अखण्ड नेपाल स्वीकार गर्दै मूलधारको राजनीतिमा लाग्ने घोषणा गर्नसक्ने सम्भावना रहेको छ ।
यसअघि मधेस टुक्राउने भन्दै राउतले मधेशमा विभिन्न कार्यक्रम गर्दै आएका थिए ।
तपाईको प्रतिक्रिया