२१ जेठ / अर्थ र व्यापार - अहिले नेपाली बजारमा सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार सुन एक तोलाको ५५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि बिहीबार प्रतितोला ५४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आइतबार बजार खुल्दा यसमा ६ सय रुपैयाँले बृद्धि भइ प्रतितोला ५५ हजार २ सय रुपैयाँ पुगेको हो । पहेँलो धातु प्रति १० ग्रामको ४७ हजार ३२५ रुपैयाँमा कारोबार भैरहेकोे छ ।
त्यसैगरी चाँदीमा पनि प्रतितोला १० रुपैयाँ बढेको छ । चाँदीको प्रतितोला ७७५ रुपैयाँ मूल्य कायम भएको छ । ध्यसअघि बिहीबार प्रतितोला ७६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
तपाईको प्रतिक्रिया