५ फागुन /अर्थ र व्यापार - घलेम्दी हाईड्रोपावरको कम्पनीको फागुन ५ गते आइतबारदेखि नेपाल स्टक एक्सचेञ्जमा शेयर कारोबार खुला भएको छ । नेप्सेले हाइड्रोपावरको कारोबारको लागि जिएचएल कारोबार संकेत प्रदान गरेको छ ।
यस्तै नेप्सेले हाइड्रोपावरको पहिलो कारोबाका लागि न्यूनतम एक सय रुपैयाँ देखि अधिकतम ३०० रुपैयाँसम्मको ओपिनिङ्ग रेञ्ज प्रदान गरेको छ । आइतबार यसै न्यूनतम १०० देखि अधिकतम ३०० रुपैयाँ रेञ्जभित्र रहेर कम्पनीको शेयर कारोबार सुचारु हुनेछ ।
कम्पनीले शुक्रबार नेप्सेमा स्थानीय र सर्वसाधारणका लागि निष्काशन गरेको १६ लाख ५० हजार कित्ता आईपिओ सहित कूल ५५ लाख कित्ता शेयर कारोबारका लागि सूचीकरण गराएको थियो । घलेम्दी हाइड्रोको शेयर रजिष्ट्रार भिबोर क्यापिटल रहेको छ । कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आइपिओ गत माघ १ गते बाँडफाँड भएको थियो ।
तपाईको प्रतिक्रिया