७ फागुन /अर्थ र व्यापार - मेलम्ची खानेपानी आयोजनाबाट इटालियन ठेकदार कम्पनी भागे पछि सुरु भएको विवादले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा भएको छ । आयोजना छोडेर भागेको ठेकदारलाई गैह्र कानुनी भुक्तानी दिन अस्वीकार गरे पछि मन्त्रीसंग असमझदारी बढेको ठाकुरको भनाई थियो ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले ठाकुरको सरुवा गरेको स्रोतले बताएको छ । तर सरुवाको पत्र भने आफूले प्राप्त नगरेको सचिव ठाकुरले बताए । मन्त्रालयका सचिव मेलम्ची खानेपानी आयोजना विकास समिति अध्यक्ष रहन्छन् ।
करिब २ अर्ब ६० करोड रुपैयाँ गैह्र कानुनी भुक्तानी दिन आफूले अस्वीकार गरेपछि मन्त्रीको दवाव तिब्र बनेको सचिव ठाकुरले बताए ।
तपाईको प्रतिक्रिया