२६ असार / अर्थ र व्यापार – नेपाल विद्यार्थी संघका पूर्वउपाध्यक्ष ऋषिकेश जंग शाह करिब २ करोड ठगी गरेको आरोपमा पक्राउ परेका छन् । उनलाई १५ दिन थुनामा राख्न अनुमति दिइएको छ ।
१ करोड ९७ लाख रुपैयाँ उठाएर फरार भएको भन्दै उजुरी परेपछि महानगरीय अपराध महाशाखाले बुधबार शाहसहित चार जनालाई पक्राउ गरेको हो । जापान र अमेरिका पठाइदिन्छौं भनेर ठगेको उजुरी परेपछि पक्राउ गरिएको हो ।
जापान जान १० लाख र अमेरिका जान २० लाख लाग्ने भन्दै शाहले पैसा उठाएको भन्दै प्रहरीमा उजुरी परेको छ । अहिलेसम्म १ करोड ९७ लाख ठगी भएको उजुरी परेको छ तर, अरु पनि हुनसक्ने प्रहरीको आशंका छ ।
ठगी भएका अधिकांश युवायुवती सल्यानका छन् र ऋषिकेश जंग शाह पक्राउ परेको खबर पाएपछि उनीहरु अहिले पनि दैनिकजसो महानगरीय प्रहरी अपराध महाशाखामा धाउने गरेका छन् । नेविसंघ पूर्वउपाध्यक्ष शाह पनि सल्यानकै हुन् ।
तपाईको प्रतिक्रिया