logo

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

    1865   पटक पढिएको

 २ माघ/अर्थ र व्यापार– चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आवको ६ महिनामा जम्मा १४.४ प्रतिशतमात्र पूँजीगत खर्च गरेको हो ।

चालू आर्थिक वर्षमा पुँजीगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ भए पनि पुस मसान्तसम्म जम्मा ५० अर्ब ८१ करोड रुपैयाँमात्र खर्च भएको छ । जुन १४.४ प्रतिशतमात्र हुन आउछ ।

गत वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा सरकारको विकास खर्च १३ अर्बले कमी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले ६३ अर्ब १४ करोड पुँजीगत खर्च गरेको थियो । जुन लक्ष्यको तुलनामा १५.४८ प्रतिशतमात्र थियो ।

कोरोना महामारीका कारण विकास निर्माणका आयोजनाहरु प्रभावित बन्नु तथा सरकारको प्राथमिकतामा विकास–निर्माणका काम नपर्नु जस्ता कारणले चालू आर्थिक वर्षको ६ महिनामा पनि विकास खर्चको अवस्था नाजुक देखिएको हो ।

सरकारले चालु आवको पुस मसान्तसम्ममा कुल ३ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ चालू खर्च गरेको छ । जुन लक्ष्यको ३६.०८ प्रतिशत हो । सरकारले बजेटमार्फत यस आवमा कुल ९ खर्ब ४८ अर्ब ९४ करोड चालू खर्चको लक्ष्य राखेको थियो ।

सरकारले वित्तीय व्यवस्थातर्फ भने १३.०६ प्रतिशत प्रगति गरेको छ । पुस मसान्तसम्ममा सरकारले २२ अर्ब ५७ करोड वित्तीय व्यवस्थातर्फ खर्च गरेको छ ।

चालु आवको ६ महिनामा सरकार राजस्व संकलनमा पनि असफल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले पुस मसान्तसम्ममा लक्ष्यको ४१.७३ प्रतिशत राजस्व उठाउन सकेको छ । 

पुस मसान्तसम्म ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । यस अवधिमा सरकारले ४ खर्ब २२ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व अर्धवार्षिक लक्ष्यको ८८ प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षमा सरकारले कूल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।