logo

पूँजीगत खर्च ६ महिनामा १४.४ प्रतिशतमात्रै, राजस्व संकलनमा पनि सरकार असफल

    1315   पटक पढिएको

 २ माघ/अर्थ र व्यापार– चालू आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा पूँजीगत खर्चको अवस्था अत्यन्त निराशाजनक देखिएको छ ।

महालेखा नियन्त्रकको कार्यालयको तथ्यांक अनुसार सरकारले चालु आवको ६ महिनामा जम्मा १४.४ प्रतिशतमात्र पूँजीगत खर्च गरेको हो ।

चालू आर्थिक वर्षमा पुँजीगत खर्चको लक्ष्य ३ खर्ब ५२ अर्ब ९१ करोड रुपैयाँ भए पनि पुस मसान्तसम्म जम्मा ५० अर्ब ८१ करोड रुपैयाँमात्र खर्च भएको छ । जुन १४.४ प्रतिशतमात्र हुन आउछ ।

गत वर्षको पुस मसान्तको तुलनामा चालू आर्थिक वर्षको ६ महिनामा सरकारको विकास खर्च १३ अर्बले कमी हो।

गत आर्थिक वर्षको पुस मसान्तसम्ममा सरकारले ६३ अर्ब १४ करोड पुँजीगत खर्च गरेको थियो । जुन लक्ष्यको तुलनामा १५.४८ प्रतिशतमात्र थियो ।

कोरोना महामारीका कारण विकास निर्माणका आयोजनाहरु प्रभावित बन्नु तथा सरकारको प्राथमिकतामा विकास–निर्माणका काम नपर्नु जस्ता कारणले चालू आर्थिक वर्षको ६ महिनामा पनि विकास खर्चको अवस्था नाजुक देखिएको हो ।

सरकारले चालु आवको पुस मसान्तसम्ममा कुल ३ खर्ब ४२ अर्ब ३५ करोड रुपैयाँ चालू खर्च गरेको छ । जुन लक्ष्यको ३६.०८ प्रतिशत हो । सरकारले बजेटमार्फत यस आवमा कुल ९ खर्ब ४८ अर्ब ९४ करोड चालू खर्चको लक्ष्य राखेको थियो ।

सरकारले वित्तीय व्यवस्थातर्फ भने १३.०६ प्रतिशत प्रगति गरेको छ । पुस मसान्तसम्ममा सरकारले २२ अर्ब ५७ करोड वित्तीय व्यवस्थातर्फ खर्च गरेको छ ।

चालु आवको ६ महिनामा सरकार राजस्व संकलनमा पनि असफल देखिएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले पुस मसान्तसम्ममा लक्ष्यको ४१.७३ प्रतिशत राजस्व उठाउन सकेको छ । 

पुस मसान्तसम्म ४ खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने सरकारको लक्ष्य थियो । यस अवधिमा सरकारले ४ खर्ब २२ अर्ब राजस्व संकलन गरेको छ । संकलित राजस्व अर्धवार्षिक लक्ष्यको ८८ प्रतिशत मात्र हो ।

चालू आर्थिक वर्षमा सरकारले कूल १० खर्ब ११ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टको भैरहवामा नयाँ होटल सञ्चालनमा, भारतिय र श्रीलंकाका पर्यटकहरुलाई आकर्षित गर्ने योजना

ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले भैरहवामा होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । ल्याण्डमार्क होटल्स एण्ड रिसोर्टले यसअघिदेखि नै पोखरा, चितवन र काठमाडौँमा ल्याण्डमार्क होटल

भ्रष्टाचारको छानबिनमा आयोगलाई सरकारको पूर्ण सहयोग रहन्छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारजन्य घटना छानबिन र अनुसन्धानमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सरकारको पूर्ण समर्थन र सहयोग रहने बताएका छन् ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।