logo

दक्षिण एसियामा नेपाल तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकको प्रक्षेपण

    1243   पटक पढिएको

२६ चैत्र /अर्थ र व्यापार - दक्षिण एसियामा यस वर्ष नेपाल तेस्रो उच्च आर्थिक वृद्धि हुने मुलुक बन्ने विश्व बैंकले जनाएको छ । सोमबार दक्षिण एसिया आर्थिक फोकस सार्वजनिक गर्दै विश्व बैंकले नेपालमा यो वर्ष सन् २०१९मा० ६ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो । यो भारत र बंगलादेशपछिको उच्च आर्थिक वृद्धि हो ।

भारतमा यस वर्ष ७ दशमलव ५ प्रतिशत र बंगलादेशमा ७ दशमलव ३ प्रतिशत आर्थिक वृद्धि हुने उसको प्रक्षेपण छ । यस क्षेत्रमा सबैभन्दा कमजोर आर्थिक वृद्धिदर अफगानिस्तानमा २ दशमलव ५ प्रतिशत हुँदै छ ।आगामी वर्षमा नेपालको आर्थिक वृद्धि बढ्दै जाने पनि विश्व बैंकले प्रक्षेपण गरेको छ । बैंकले आउने दुई वर्ष २०२० र २०२१ मा क्रमशः ६ दशमलव १ र ६ दशमलव २ प्रतिशत आर्थिक वृद्धि हुने जनाएको हो ।

‘पर्यटनका कारण सेवा क्षेत्रको वृद्धिदर उच्च हुनेछ । आगामी वर्षबाट मुलुककै सबैभन्दा ठूलो सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालन आउने भएकाले त्यसले उत्पादनमूलक क्षेत्रमा पनि उत्साह ल्याउनेछ,’ प्रतिवेदनले भनेको छ । प्रतिवेदनले दक्षिण एसियामा संसारकै सबैभन्दा उच्च आर्थिक वृद्धि हुने जनाएको छ । सन् २०१९ मा यस क्षेत्रमा ७ प्रतिशतको आर्थिक वृद्धि हुने र त्यसपछिका दुवै वर्ष ७ दशमलव १ प्रतिशत आर्थिक वृद्धि हुने पनि विश्व बैंकको प्रक्षेपण छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।