logo

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अर्थमन्त्री युवराज खतिवडाको दाबी

    1341   पटक पढिएको

१३ जेठ / अर्थ र व्यापार - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशका धेरैजसो आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेकाले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी गरेका छन् । प्रतितिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै राजनितिक स्थायीत्व र नियमित विद्युतको आपूर्तिले गर्दा यो वर्ष धेरै क्षेत्र उत्साहित भएको अर्थमन्त्रीको दाबी थियो  ।

फागुन महिनासम्म औसत मुद्रा स्फीति ४ दशमलव २ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । आर्थिक चहलपहलसँगै प्रतिव्यक्ति आय बढेको, कुल गार्हस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्री खतिवडाले बताए । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने र खर्च योग्य आय १ लाख  ५५ हजार पुग्ने अनुमान गरिएको अर्थमन्त्रीले जानकारी दिए । धेरै दशकपछि आन्तरिक बचतले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत बिन्दु नाघेको र यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान दिने जानकारी दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले हरेक क्षेत्रमा सम्बृद्धिको आधार तयार भैरहेका दाबी गरे । आन्तरिक तथा बाह्य लगानी आकर्षण गर्न नीतिहरु परिवर्तन गरिएको जानकारी दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले फागुन सम्ममा ११ अर्ब रुपैयाँको लगानीमा २ सय १८ उद्योगको लागि लगानी प्रतिबद्धता आएको जानकारी दिए । यसले थप ७ हजार ९ सय ६३ जनाले रोजगारी पाउने आर्थिक सर्वेक्षणले देखाएको छ ।

देशमा विकास निर्माणका काम तीव्र भएकाले आयात बढिरहेको र यसले ब्यापार घाटा धेरै देखिएको अर्थमन्त्रीको दाबी छ । फागुनसम्म ९ खर्ब ४९ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा जम्मा ६१ अर्बको बस्तु निर्यात भएको छ । निर्यात १४ प्रतिशतले बढ्दा आयात भने २३ प्रतिशतले बढेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

नेपालमा जस्तो अवसर र सम्भावना कतै देख्दिन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले आँफूले नेपालमा जताततै सम्भावना र अवसरहरु मात्र देख्ने बताएका छन् । अमेरिकाको टेक्ससमा शनिबार आयोजित हिमालयन कन्क्लेभमा धारणा राख्दै उनले

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।