logo

नेपालको आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने अर्थमन्त्री युवराज खतिवडाको दाबी

    1599   पटक पढिएको

१३ जेठ / अर्थ र व्यापार - अर्थमन्त्री डाक्टर युवराज खतिवडाले देशका धेरैजसो आर्थिक, सामाजिक र भौतिक पूर्वाधार विकासका परिसूचक उत्साहजनक रहेकाले आर्थिक वृद्धि ७ प्रतिशत पुग्ने दाबी गरेका छन् । प्रतितिधिसभाको बैठकमा आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै राजनितिक स्थायीत्व र नियमित विद्युतको आपूर्तिले गर्दा यो वर्ष धेरै क्षेत्र उत्साहित भएको अर्थमन्त्रीको दाबी थियो  ।

फागुन महिनासम्म औसत मुद्रा स्फीति ४ दशमलव २ प्रतिशत रहेको सर्वेक्षणले देखाएको छ । आर्थिक चहलपहलसँगै प्रतिव्यक्ति आय बढेको, कुल गार्हस्थ उत्पादनमा भएको वृद्धिसँगै बचत गर्ने क्षमता पनि बढेको अर्थमन्त्री खतिवडाले बताए । चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आय १ लाख १७ हजार पुग्ने र खर्च योग्य आय १ लाख  ५५ हजार पुग्ने अनुमान गरिएको अर्थमन्त्रीले जानकारी दिए । धेरै दशकपछि आन्तरिक बचतले कुल गार्हस्थ उत्पादनको २० प्रतिशत बिन्दु नाघेको र यसले राष्ट्रिय पूँजी निर्माणमा उल्लेख्य योगदान दिने जानकारी दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले हरेक क्षेत्रमा सम्बृद्धिको आधार तयार भैरहेका दाबी गरे । आन्तरिक तथा बाह्य लगानी आकर्षण गर्न नीतिहरु परिवर्तन गरिएको जानकारी दिँदै अर्थमन्त्री डाक्टर खतिवडाले फागुन सम्ममा ११ अर्ब रुपैयाँको लगानीमा २ सय १८ उद्योगको लागि लगानी प्रतिबद्धता आएको जानकारी दिए । यसले थप ७ हजार ९ सय ६३ जनाले रोजगारी पाउने आर्थिक सर्वेक्षणले देखाएको छ ।

देशमा विकास निर्माणका काम तीव्र भएकाले आयात बढिरहेको र यसले ब्यापार घाटा धेरै देखिएको अर्थमन्त्रीको दाबी छ । फागुनसम्म ९ खर्ब ४९ अर्ब रुपैयाँको वस्तु आयात भएकोमा जम्मा ६१ अर्बको बस्तु निर्यात भएको छ । निर्यात १४ प्रतिशतले बढ्दा आयात भने २३ प्रतिशतले बढेको छ । 
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

तयारी पोशाक उद्योग संघद्वारा तेत्तीस लाख तेत्तीस हजार हस्तान्तरण

नेपाल तयारी पोशाक उद्योग संघ तथा संघका सदस्यहरूको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा हुने गरी रु.तेत्तीस लाख तेत्तीस हजार तीन सय तेत्तीस रुपैयाँ बराबरको चेक हस्तान्तरण गरिएको छ

नाट्टाको अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित, बरिष्ठमा शर्मा र महासचिवमा देवकोटा विजयी

नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को शुक्रवार सम्पन्न निर्वाचनबाट सन् २०२६–२०२८ कार्यकालका लागि अध्यक्षमा भरतजंग पाण्डे निर्वाचित भएका छन् । नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डे

नाट्टाको सह–कोषाध्यक्षमा जीवन कोइरालाको उमेदवारी, संस्थाको विश्वासिलो आर्थिक व्यवस्थापन गर्ने

आगामी साउन २९ गते हुने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को निर्वाचनको प्रचार प्रसार जारी छ । नाट्टा निर्वाचनमा हेमलेट टुर्स एण्ड ट्राभलका प्रबन्ध निर्देशक जीवन कोईरालाले भरत जंग पाण्डे

नाट्टा निर्वाचनका लागी भरतजंग पाण्डेको प्यानल प्रतिस्पर्धामा, नाट्टा रूपान्तरणको ११ संकल्प

आगामी साउन २९ गते हुने नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) निर्वाचनका लागि भरतजंग पाण्डे नेतृत्वको प्यानल चुनावी प्रतिस्पर्धामा छ । नाट्टा रुपान्तरणका ११ संकल्प सहित पाण्डेको प्यानल

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।