logo

घट्दै बंगलादेशी पर्यटक, राष्ट्रपति भ्रमणले बढाउला ?

    1265   पटक पढिएको

२७ कात्तिक / अर्थ र व्यापार - बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या ओरालो लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर)मा अघिल्लो वर्षको यही अवधिको तुलनामा बंगलादेशबाट आउने पर्यटक संख्या घटेको हो ।

यो १० महिनामा बंगलादेशबाट १९ हजार २ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ९.६ प्रतिशत कम हो । सन् २०१८ को समीक्षा अवधिमा २१ हजार ३ सय २७ जना बंगलादेशीले नेपाल भ्रमण गरेका थिए ।

बंगलादेशबाट पर्यटक आगमन घट्नेक्रम भने गत वर्षबाट सुरु भएको हो । सन् २०१७ मा २९ हजार ६० जना बंगलादेशी नेपाल आएकोमा सन् २०१८ मा घटेर २५ हजार ९ सय ५९ मात्र आएका थिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बंगलादेशी पर्यटकको आगमन घट्नुमा मुख्य कारण अघिल्लो वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस बङ्गला जहाज दुर्घटना र हवाई सञ्जाल अभाव रहेको बताउँछन् ।

बंगलादेश नेपालको मुख्य स्रोत बजार हो, उनीहरु नेपाल आउन पनि चाहन्छन्, तर कनेक्टिभिटीकै अभाव छ । बंगलादेशबाट विमान बंगलादेश र नेपालको हिमालय एयरलाइन्सले अहिले काठमाडौं–ढाकालाई जोडिरहेका छन् ।

तथ्यांक अनुसार, अक्टोवरमा भने बंगलादेशबाट पर्यटक आगमन बढेका छन् । यसको मुख्य कारण हिमालय एयरलाइन्सको उडान हो । अक्टोवरमा मात्र बंगलादेशबाट २ हजार ७ सय ८६ पर्यटक नेपाल आए । सन् २०१८ को अक्टोवरमा १ हजार ७ सय ५७ पर्यटक आएका थिए । यस महिनाको वृद्धिदर ५८.६ प्रतिशत देखिन्छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा छन् । नेपाल बसाइ अवधिमा उनले केवल राजनीतिक भेटघाट मात्र गर्ने छैनन्, घुमघाममा पनि निस्कने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, उनी पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम छ । काठमाडौं उपत्यकाका महत्त्वपूर्ण सम्पदासमेत घुमाइने मन्त्रालयले जनाएको छ । उनको भ्रमणले बंगलादेशमा नेपाली पर्यटकीय क्षेत्रको प्रचार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यावसायीको छ ।
बंगलादेशी राष्ट्रपति नेपाल बसाइका अवधिमा पोखरा पुगी फेवातालमा डुंगा सयर गर्ने छन् । पोखरामा उनी रूपाकोट रिसोर्टमा आराम गर्नेछन् । काठमाडौंमा केबलकार चढेर चन्द्रागिरि पुग्नेछन् ।

भक्तपुर दरबार स्क्वायरको भ्रमण तथा साइटसिन गर्ने कार्यक्रम राखिएको छ । नेपाल घुम्नलायक मुलुक हो भनी चिनाउन राष्ट्रपतिको चर्चित पर्यटकीयस्थलको भ्रमणले ठूलो सन्देश प्रवाह गर्ने सीईओ जोशीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।