logo

घट्दै बंगलादेशी पर्यटक, राष्ट्रपति भ्रमणले बढाउला ?

    1129   पटक पढिएको

२७ कात्तिक / अर्थ र व्यापार - बंगलादेशबाट नेपाल आउने पर्यटकको संख्या ओरालो लागेको छ । नेपाल पर्यटन बोर्डको तथ्यांक अनुसार, सन् २०१९ को १० महिना (जनवरी–अक्टोवर)मा अघिल्लो वर्षको यही अवधिको तुलनामा बंगलादेशबाट आउने पर्यटक संख्या घटेको हो ।

यो १० महिनामा बंगलादेशबाट १९ हजार २ सय ७९ जना पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा ९.६ प्रतिशत कम हो । सन् २०१८ को समीक्षा अवधिमा २१ हजार ३ सय २७ जना बंगलादेशीले नेपाल भ्रमण गरेका थिए ।

बंगलादेशबाट पर्यटक आगमन घट्नेक्रम भने गत वर्षबाट सुरु भएको हो । सन् २०१७ मा २९ हजार ६० जना बंगलादेशी नेपाल आएकोमा सन् २०१८ मा घटेर २५ हजार ९ सय ५९ मात्र आएका थिए ।
नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशी बंगलादेशी पर्यटकको आगमन घट्नुमा मुख्य कारण अघिल्लो वर्ष त्रिभुवन विमानस्थलमा भएको यूएस बङ्गला जहाज दुर्घटना र हवाई सञ्जाल अभाव रहेको बताउँछन् ।

बंगलादेश नेपालको मुख्य स्रोत बजार हो, उनीहरु नेपाल आउन पनि चाहन्छन्, तर कनेक्टिभिटीकै अभाव छ । बंगलादेशबाट विमान बंगलादेश र नेपालको हिमालय एयरलाइन्सले अहिले काठमाडौं–ढाकालाई जोडिरहेका छन् ।

तथ्यांक अनुसार, अक्टोवरमा भने बंगलादेशबाट पर्यटक आगमन बढेका छन् । यसको मुख्य कारण हिमालय एयरलाइन्सको उडान हो । अक्टोवरमा मात्र बंगलादेशबाट २ हजार ७ सय ८६ पर्यटक नेपाल आए । सन् २०१८ को अक्टोवरमा १ हजार ७ सय ५७ पर्यटक आएका थिए । यस महिनाको वृद्धिदर ५८.६ प्रतिशत देखिन्छ ।

बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद चारदिने नेपाल भ्रमणका सिलसिलामा काठमाडौंमा छन् । नेपाल बसाइ अवधिमा उनले केवल राजनीतिक भेटघाट मात्र गर्ने छैनन्, घुमघाममा पनि निस्कने छन् ।
परराष्ट्र मन्त्रालयका अनुसार, उनी पर्यटकीय नगरी पोखरा जाने कार्यक्रम छ । काठमाडौं उपत्यकाका महत्त्वपूर्ण सम्पदासमेत घुमाइने मन्त्रालयले जनाएको छ । उनको भ्रमणले बंगलादेशमा नेपाली पर्यटकीय क्षेत्रको प्रचार हुने र त्यसले पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यावसायीको छ ।
बंगलादेशी राष्ट्रपति नेपाल बसाइका अवधिमा पोखरा पुगी फेवातालमा डुंगा सयर गर्ने छन् । पोखरामा उनी रूपाकोट रिसोर्टमा आराम गर्नेछन् । काठमाडौंमा केबलकार चढेर चन्द्रागिरि पुग्नेछन् ।

भक्तपुर दरबार स्क्वायरको भ्रमण तथा साइटसिन गर्ने कार्यक्रम राखिएको छ । नेपाल घुम्नलायक मुलुक हो भनी चिनाउन राष्ट्रपतिको चर्चित पर्यटकीयस्थलको भ्रमणले ठूलो सन्देश प्रवाह गर्ने सीईओ जोशीले बताए ।
 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

पर्यटन व्यवसायी अंगाईले गरे पुनर्निर्माण कोषमा १ लाख सहयोग

युवा पर्यटन व्यवसायी तथा आर्यतारा होल्डिङसका अध्यक्ष नवराज अंगाईले सरकारले सुरु गरेको भौतिक पूर्वाधार पुनर्निर्माण कोषमा १ लाख रुपैयाँ सहयोग गरेका छन् । जेनजी आन्दोलनको क्रममा तोडफोड र आगजनी

शीतल निवासमा ४ मन्त्रीले लिए शपथ

अन्तरिम सरकारमा नियुक्त भएका थप ४ मन्त्रीले अहिले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

निजी क्षेत्रको मनोबल कम हुन दिंदैनौं : नवनियुक्त अर्थमन्त्री खनाल

नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रको मनोबल कम हुन नदिने बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै खनालले यस्तो बताएका हुन् ।

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि विद्यार्थीलाई विद्यालयमै राख्न र कर्मचारीलाई कार्यालयमै बस्न प्रशासनको आग्रह

जेनजी पुस्ताको प्रदर्शन थप चर्किएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले विद्यालयमा रहेका विद्यार्थीलाई विद्यालयमै ‘होल्ड’ गर्न आग्रह गरेको छ । प्रहरीको गोलीप्रहार र दमनपछि आन्दोलन थप

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।