logo

टानको महासचिवमा दामोदर ढकालले उम्मेदवारी दिने, नितिगत विषयमा लविईङ गर्ने मुख्य एजेण्डा

    1884   पटक पढिएको

२९ श्रावण / अर्थ र व्यापार- ट्रेकिङ एजेन्सिज एशोशियसन अफ नेपाल (टान) को आगामी भाद्र २० (सेप्टेम्वर ६) का दिन आयोजना हुने निर्वाचनमा मिसन नेपाल होलिडेज प्रा.लि.का प्रबन्ध निर्देशक तथा सफल युवा पर्यटन व्यवसायी दामोदर ढकालले महासचिव पदमा उम्मेदवारी दिने वताएका छन । “टानको अवस्था गतिशिल देखिँदैन, यसप्रति व्यवसायीहरुको विश्वास घट्दै गएको छ, त्यसलाई उकास्न नै मैले टानको महासचिव पदमा उम्मेदवारी दिने सोच वनाएको हुँ”–महासचिव पदका आकांक्षी ढकालले अर्थ र व्यापारलाई वताए ।

विं.सं. २०५३ सालवाट नेपालको पर्यटन व्यवसायमा प्रवेश गरेका ढकालले स्नातक सम्मको अध्ययन पुरा गरेका छन । टानले हाल ठूला र साना दुवै थरिका पदयात्रा पर्यटन व्यवसायीहरुको आवश्यकता र चाहना अनुसार सरकारसंग लविईङ र व्यवसायको हितका पक्षमा काम गर्न आवश्यक रहेको त्यसका लागी आँफु सक्षम रहेको उनले वताए । आँफुलाई पदयात्रा पर्यटन क्षेत्रका अग्रज,पूर्वअध्यक्षहरु र समकालिन र युवा व्यवसायीहरुले समेत टानमा गएर व्यवसाय र व्यवसायीको पक्षमा काम गर्न सुझाव दिएको उनले वताए ।

“यसभन्दा अघिल्लो निर्वाचनमा पनि धेरै साथीहरुले टानमा जान सुझाव दिनुभएको थियो तर अन्य आकांक्षी साथीहरुलाई मैले छोडेको थिएँ”–त्यसैले पनि यसपटक टानमा गएर व्यवसाय र व्यवसायीको हितमा काम गर्ने सोच वनाएको उनले वताए । 

के छन त एजेण्डा ?

टानको महासचिव पदका आकांक्षी ढकालले टिम्सलाई एकद्वार प्रणालीवाट लागु गर्न सके धेरै समस्यको समाधान हुने वताउँछन । टिम्सका सम्बन्धमा आवश्यक लविईङ र विशेष पहलले मात्र यो समस्या समाधान हुने उनको बुझाई छ । यसअघिका कतिपय कार्यसमितिमा अध्यक्ष,पदाधिकारी र सदस्यहरु विचमा नै मत बाझिएका कारण पनि समस्या समाधा हुन नसकेको उनको बुझाई छ । अवको कार्यकालमा त्यस्तो हुन नहुने उनको अपेक्षा छ । 

“टान सचिवालय लथालिङ हिसावले चलेको जस्तो देखिन्छ,त्यसको सहि व्यवस्थापन पनि आजको प्रमुख जिम्मेवारी हो”–त्यसलाई व्यवस्थापन गर्न सक्षम छु भन्ने लाग्छ,ढकालले भने ।

नेपालको पदयात्रा पर्यटन क्षेत्र मौलिक किसिमको व्यवसाय रहेको ढकालको बुझाई छ । सरकारले ल्याउने कतिपय अव्यवहारिक निति,नियम यो क्षेत्रका लागी उपयुक्त नहुने भएकोले सरकारसंग आवश्यक लविईङमा टान नेतृत्वले ध्यान दिनुपर्ने उनले वताए ।“हालै मात्र आएको पोर्टरले पनि प्यान विल दिनुपर्ने जस्ता विषय व्यवाहारिक रुपमा सम्भव छैन,यसमा टानले सरकारलाई यस व्यवसायको प्रकृति र विशेषतावारेमा बुझाउन आवश्यक छ”–यसका लागी पहल गर्नुपर्छ भन्ने उनलाई लाग्छ ।
त्यसवाहेक नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न टानले ल्याउनुपर्ने र सरकारलाई दिनुपर्ने आवश्यक सुझाव र समन्वयका लागी पनि आँफु उपयुक्त पात्र रहेको ढकालले वताए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

काठमाडौं आइपुगे कतारका राजा, राष्ट्रपति रामचन्द्र पौडेलले गरे भव्य स्वागत

कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी काठमाडौं आइपुगेका छन् । उनी आफ्नो निजी विमानमा मंगलबार दिउँसो ३ः३५ बजे काठमाडौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्गमा ब्रेक थ्रु , प्रधानमन्त्रीले स्वीच थिचेर सुरुङ छिचोलिएको घोषणा गरे

नागढुंगा–सिस्ने खोला मुख्य सुरुङमार्ग निर्माणको काम सोमबार वारपार छिचोलिएर ब्रेक थ्रु भएको छ । यस ठाउँको मुख्य सुरुङ सँगैको आपतकालीन सुरुङ भने गत २२ साउनमै छिचोलिएको थियो ।

यूएनडीपीको निष्कर्ष: धनीका कारण गरिब देश झन पछाडि परे, मानव विकास सूचकांकमा नेपालको स्थिति मध्यम

धनी देशले मानव विकास लक्ष्य हासिल गर्दागर्दै गरिब देश झनै पछाडि परेको निष्कर्ष संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) ले निकालेको छ ।

ललिता निवास क्षेत्र खाली गर्न काठमाडौं महानगरले दियो ७ दिने म्याद

काठमाडौं महानगरपालिकाले कामनपा वडा नं. ४ मा रहेको बालुवाटारस्थित ललिता निवास क्षेत्रबाट आफैँ हट्न व्यक्ति, कम्पनी र संघसंस्थाहरुलाई अनुरोध गरेको छ ।

मनोरञ्जन

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।

पाण्डेको ‘सहायक श्रीमान’लाई अमेरिकामा उत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्री अवार्ड

नेपालका कतिपय हिमाली क्षेत्रमा विद्यमान बहुपति प्रथाका बारेमा निर्मित वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हजबेन्ड)ले आठौं कब इन्टरनेसनल फिल्म फेस्टिवलमा उत्कृष्ट उपाधि जितेको छ ।

बल्कबष्टर नेपाली फिल्म अवार्ड सम्पन्न, सम्पादक बगालेसहित विभिन्न व्यक्तित्व सम्मानित

विगत १६ वर्षदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको ब्लकबस्टर नेपाली फिल्म अवार्ड २०७८ भव्य रूपमा सम्पन्न भएको छ ।