logo

अर्थतन्त्रमा कोरोना प्रभावः ५४ प्रतिशत उद्योग–व्यवसाय सञ्चालनमा, ४६ प्रतिशत अझै बन्द

    1728   पटक पढिएको

२९ पुस/अर्थ र व्यापार– नेपाल राष्ट्र बैंकको सर्वेक्षण अनुसार कोभिड प्रभावित उद्योग–व्यवसायहरु मध्ये ५४ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएको देखाएको छ ।

कोभिड–१९ महामारीका कारण अर्थतन्त्रमा परेकोमा प्रभावका विषयमा राष्ट्र बैंकले गरेको ‘फलोअप सर्वेक्षण’ ले ५४ प्रतिशत उद्योग व्यवसाय पूर्ण सञ्चालनमा आएपनि को देखाएको हो । ४६ प्रतिशत भने उद्योग व्यवसाय भने अझै सञ्चालनमा आउन सकेका छैनन् ।

राष्ट्र बैंकका प्रवक्ता तथा आर्थिक अनुसन्धान विभागका प्रमुख डा. गुणाकर भट्टले बैंकले यसअघि जेठ–असारमा पूर्णं क्षमतामा चल्ने उद्योग व्यवसायरुहरुको संख्या ४ प्रतिशतमात्रै रहेको बताए । उनले त्यो चार प्रतिशत संख्या बढेर अहिले ५४ पुगेको उनले बताए ।

प्रवक्ता भट्टले जेठ–असारको तुलनामा अहिले धेरै नै सुधार भएका भन्दै अर्थतन्त्र समग्रमा ५० प्रतिशत पुनर्उत्थान भएको छ । बाँकी ५० प्रतिशत पुनर्उत्थान हुन बाँकी रहेको छ ।

यस्तै गत जेठ–असारमा गरिएको सर्वेक्षणमा उद्योग व्यवसायहरुको उत्पादन कारोबार २९ प्रतिशतमात्रै थियो । अहिले यो बढेर ५० प्रतिशत पुगेको उनले बताए ।

त्यसैगरी, यसअघिको सर्वेक्षणमा एक प्रतिशत हाराहारीमा मात्रै सञ्चालनमा आएको होटल व्यवसायहरु अहिले २९ प्रतिशत पुर्णरुपमा सञ्चालनमा आएका छन् ।

प्रवक्ता भट्टले यस अघिको सर्वेक्षणमा ६७४ वटा सबै क्षेत्रका उद्योग व्यवसायहरु सहभागी भएकोमा यसपटक भने ६०४ उद्योग व्यवसायहरु सहभागी भएको जानकारी दिए ।


 

तपाईको प्रतिक्रिया

सम्बन्धित शीर्षकहरु

मुख्य खबर

भोली हुने निर्वाचनको सम्पूर्ण तयारी पूरा, निर्धक्क भएर मतदान गर्न आयोगको अपिल

निर्वाचन आयोगले भोली विहानैबाट सुरु हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

निजी क्षेत्र अहिलेको जस्तो न्यून मनोबलको स्थितिमा पहिला कहिले पनि थिएन : अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको संरक्षण र सुरक्षामा सरकारले काम गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले बुधबार आयोजना

सुरक्षाको प्रत्याभुति गर्न नपाएको निजी क्षेत्रको भनाई

निजी क्षेत्रका अगुवाहरुले सुरक्षाको प्रत्याभुति गर्न नपाएको गुनासो गरेका छन् । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) को वार्षिक साधारणसभामा बोल्दै उनीहरुले जेनजी आन्दोलनबाट त्रसित निजी क्षेत्रलाई

नवनियुक्त आईजीपीको पहिलो निर्णय, वरिष्ठ सईसम्मलाई २ लाखको आकस्मिक कर्जा

नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले वरिष्ठ प्रहरी नायब निरीक्षक (सई) सम्मको दर्जाका प्रहरीको सहुलियत कर्जा बढाउने निर्णय गरेका छन् । आईजीपीको दज्र्यानी चिन्ह प्राप्त गरेपछि

मनोरञ्जन

रियालिटी शो ‘एक्टिङ स्टार’ कलाकार बन्ने र सिनेमा खेल्ने अवसर

रियालिटी शो ‘एक्टिङ स्टार’को केहि महिना अघि डिजिटल अडिसनको आव्हान गरिएको थियो । डिजिटल अडिसन मार्फत हालसम्म कलाकार बन्न चाहने ५०० भन्दा बढीले भिडियो खिचेर पठाएको कार्यक्रम निर्माण कम्पनी महक मिडिया नेटवर्कले जानकारी गराएको छ ।

नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को डिजिटल अडिसन खुल्ला

अभिनयमा रुची राख्नेहरुका लागि नयाँ रियालिटी शो ‘एक्टिङ स्टार’को घोषणा भएको छ । आगामी १ भदौ देखि एक महिनासम्मको लागि डिजिटल अडिसन खुल्ला गरिएको छ ।

१० करोड रुपैयाँ लगानीको दीपक र दीपाको सिनेमा हल संचालनमा

कलाकारहरु दीपकराज गिरी, दीपाश्री निरौला र निर्मल शर्माको लगानी रहेको मल्टिलप्लेक्स हल शुक्रबारबाट संचालनमा आएको छ ।